शिक्षा सन्देशका एसइई परीक्षा उतीर्ण बिद्यार्थी सम्मानित, एसइई स्पीकर आइडल ममतालाई नगद पुरस्कार

  • असार २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान/ यो बर्षको एसइई परीक्षामा उतीर्ण भएको बिद्यार्थीलाई धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।

शुक्रबार शिक्षा सन्देशले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्र्ण ३३ जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले बताए । कार्यक्रममा ६ नम्बर वडाका पूर्ब वडाध्यक्ष भुवनसिंह बस्नेतले विद्यार्थीलाई स्वागत र सम्मान सहित बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापनमा समितीका पदाधिकारी,शिक्षक शिक्षिका ,वडाका सामाजिक व्यक्तित्व सहितले बधाई तथा शुभकामना दिए ।

यो बर्ष शिक्षा सन्देशका ८ जना विद्यार्थीले ए प्लस,११ जनाले ए,१० जनाले बी प्लस ल्याएर उतीर्ण भएका छन् ।

ssss

नीजि क्षेत्रका वडामै पहिलो स्कुल हो भने २०६६ सालदेखि एसएलसी परीक्षा शुरु गरिएको थियो । विद्यालयले गत बर्षदेखि कक्षा ११ र १२ को अध्यापन पनि शुरु गरेको छ ।

यसैवीच –याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को बिजेता ममता तामाङलाई विद्यालयले सम्मान नगद ५ हजार रुपैयाँ सहित गरेको छ ।

sik 1

तामाङ शिक्षा सन्देशकै बिद्यार्थी हुन भने उनी यसै बर्ष एसईई परीक्षा उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएकी छिन् ।

विद्यार्थीको उज्जवल भविष्यको कामना सहित आउँदो दिनमा समेत प्रगति गर्न प्रेरणा र प्रोत्साहन होस भन्ने उद्धेश्यले हरेक बर्ष बिद्यालयले सम्मान गर्दै आएको व्यवस्थापन समितीका अध्यक्ष सुबेदीले बताए ।sik si ss

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved