धरान/ यो बर्षको एसइई परीक्षामा उतीर्ण भएको बिद्यार्थीलाई धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।
शुक्रबार शिक्षा सन्देशले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्र्ण ३३ जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले बताए । कार्यक्रममा ६ नम्बर वडाका पूर्ब वडाध्यक्ष भुवनसिंह बस्नेतले विद्यार्थीलाई स्वागत र सम्मान सहित बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापनमा समितीका पदाधिकारी,शिक्षक शिक्षिका ,वडाका सामाजिक व्यक्तित्व सहितले बधाई तथा शुभकामना दिए ।
यो बर्ष शिक्षा सन्देशका ८ जना विद्यार्थीले ए प्लस,११ जनाले ए,१० जनाले बी प्लस ल्याएर उतीर्ण भएका छन् ।
नीजि क्षेत्रका वडामै पहिलो स्कुल हो भने २०६६ सालदेखि एसएलसी परीक्षा शुरु गरिएको थियो । विद्यालयले गत बर्षदेखि कक्षा ११ र १२ को अध्यापन पनि शुरु गरेको छ ।
यसैवीच –याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को बिजेता ममता तामाङलाई विद्यालयले सम्मान नगद ५ हजार रुपैयाँ सहित गरेको छ ।
तामाङ शिक्षा सन्देशकै बिद्यार्थी हुन भने उनी यसै बर्ष एसईई परीक्षा उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएकी छिन् ।
विद्यार्थीको उज्जवल भविष्यको कामना सहित आउँदो दिनमा समेत प्रगति गर्न प्रेरणा र प्रोत्साहन होस भन्ने उद्धेश्यले हरेक बर्ष बिद्यालयले सम्मान गर्दै आएको व्यवस्थापन समितीका अध्यक्ष सुबेदीले बताए ।