समाचार

    Showing 2,851-2,860 of 10,005 items.
  • अरुण नदीले मजदुर बगायो

    संखुवासभा/  संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए । अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन् । बेपत्त

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँगुरीगढीमा पर्यटकका लागि पदमार्गको योजना

    धरान/ धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव,डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको र

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पपकर्न सिन्ड्रोम जसले अहिलेका धेरै युवालाई सताउँदैछ

    प्रा. डा. राजीव झास्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञकुनै कारणवश मिनेट मिनेटमा मोबाइल हेर्ने बानी छ ? कुनै काम गर्दा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ ? वा मोबाइल हेरेपछि काममा चाहेर पनि ध्यान दिन सकिएको छैन ? राति मोबाइल नहेरी निद्रा लाग्दैन ? सामाजिक सञ्जालमा एउटा सामग्री हेर्दाहेर्दै अर्को हेर्न मनलाग्छ ?यदि यस्तै अनुभव हुन्छ भने पपकर्न सिन्ड्रोम भएको हुनसक्छ ।के हो पपकर्न सिन्ड्रोम ?दिमाग अशान्त रहने अवस्थालाई पपकर्न सिन्ड्रोम भनिन्छ । जसरी मकै पकाउँदा चारैतर्फ उफ्रिन्छ, दिमाग पनि त्यही अनुसार उफ्रिने भएकाले यसलाई पपकोर्न सिन्ड्रोम नाम दिएको हो । यो समस्या भएमा दिमाग अस्थिर हुन्छ । जसका

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बिद्यार्थीलाई संसदको अभ्यास, शिक्षामन्त्रीद्धारा शिक्षा विधेयक प्रस्तुत

    धरान/  धरान–१५ स्थित के।के।इन्टरनेसनल स्कुलमा शुक्रबार नमुना संसद्को अभ्यास सम्पन्न भएको छ । विद्यार्थीहरूलाई संसद्को अभ्यास गराउन विद्यालयमा सङ्घीय प्रतिनिधिसभाको नमुना बैठक बिहीबार नै सुरु भएको थियो । सो अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ विद्यार्थीहरू सांसद्का रूपमा सहभागी भएका थिए । नमुना बैठकमा सभामुख तपस्या भण्डारीले अनुमति दिएपछि शिक्षामन्त्री विशेष अग्रवालले ‘विद्यालय शिक्षा विधेयक–२०८१’ प्रस्तुत गरेका थिए । त्यस क्रममा सांसद् औरिक पाण्डेले विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा अघि नै सरोकारवालाहरूसँग छलफल नगरिएकाले धेरै विषय समेट्न बाँकी रहे

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीको इतिहास र रथ यात्राको सम्बन्ध

    सुनसरीको दुहबीमा हरेक बर्ष श्रीराधा कृष्ण रथयात्रा निकालिन्छ ।यहाँको यात्रामा हजारौ हजारको सहभागिता हुन्छ । मोरङ्ग र सुनसरीको गाउँ गाउँबाट आएका भक्तजन यो रथयात्रामा सहभागी हुने गरेका छन् । २०४१ साल देखि निरन्तर यो यात्रा सुरू भएको हो । मन्दिर व्यवस्थापन र दुहबीबासीको अग्रसरतामा निस्किएको यो रथयात्राले चालीस वर्ष पूरा गरेको छ । पछिल्लो केहि बर्ष यता रथयात्रामा सहभागिता निरन्तर बढिरेहको छ ।दुहबी नगरपालिका वडा न।६का अध्यक्ष घनश्याम हलुवाईलेका दुहबीको रथयात्रा पर्वकै रूपमा मनाउने गरेका बताए रिक्सामा राखेर २०/२५ जनाले निकालेको यो यात्राले रथकै रूपधारण गर्नु दुहबी बासीको सहभागिता र सक्रियतानै हो

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनमा बिएचएमका बिद्यार्थी कोशी टपर,कलेजद्धारा नगद सहित सम्मान(भिडियो सहित)

    धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.तेस्रो सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा सिम्रन तामाङलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि सिम्रनलाई सम्मान गरेको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. तेस्रो सेमेस्टरको परीक्षामा जि.पि.ए. ३ दशमलव ८८ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन् । त्यसैगरी प्रदेश दोश्रो हुने स्मारिका श्रेष्ठ र तेश्रो अंशु मंग्रातीलाई पनि क्रमस

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 1,215 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर्मकाण्डको बिकृतीप्रति चिन्ता: ब्राम्हण समाज

    धरान/ कर्मकाण्डमा विसंगति बढ्दै गएको भन्दै समय समयमा हुने चर्चाप्रति ब्राम्हण समाज धरानका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । व्राम्हण समाज धरानको आयोजना तथा पिण्डेश्वर विद्या पीठको सहकार्यमा धरानमा भएको १५ दिने ज्योतिष वास्तु विज्ञान तथा कर्मकाण्ड सम्बन्धी तालिमका समयमा ब्रँम्हण समाजका अग्रजहरुले यस्तो बताएका हुन् । कार्यक्रमका बौल्दै पिण्डेश्वर विद्या पिठका प्राचार्य काशीनाथ पौडेलले कर्मकाण्ड गर्ने क्रममा आचारण विरुद्ध गएको खण्डमा त्यसले व्राम्हण समाजप्रति नै नकरात्मक सन्देश प्रवाह गर्ने बताए । उनलै कर्म काण्डलाई मर्यादित सुझाव दिए । सो अवसरमा बोल्दै ब्राम्हण समाज नेपाल कोशी प्रदेशक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कस्तुरी यात्रामा मन डुलाउँदा

    बेलायतमा रहेर साहित्यका क्षेत्रमा चिनिएको नाम हो शान्ति लिम्बु (खिम्दिङ) । उनी बढी जसो कविता, मुक्तक र गीत लेख्छिन् । २०७४ मा उनले. ‘मिलिजुली’ उपन्यास निकालेर आख्यानकारका रूपमा परिचय दिइसकेकी छिन् । सात वर्षपछि उनले काव्य विधामा दोस्रो कृति ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी छिन् । यो सङ्ग्रह हाइकु, मुक्तक र गीतहरूको सँगलो हो ।झापादेखि काठमाडौँ हुँदै यूके पुगेकी लिम्बुले आफ्ना आफ्नी छोरीहरू चेरिशा र शान फुङजस्तै आफ्ना दुवै कृतिहरूलाई सन्तान मानेकी छिन् । संयोगले सबैको जन्म बेलायतकै माटोमा भएको छ । प्रवासी बसाइँ भनेको यान्त्रिक जीवन हो । सूचना र प्रविधिको विकास विद्युती

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 1,067 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुग्ध किसानले झण्डै १४ करोड भुक्तानी पाएनन् ५ हजार किसान बिस्थापित हुने अवस्थामा

    धनकुटा/ विकास संस्थान (डिडिसि)बाट धनकुटाका दुग्ध उत्पादक किसानले विगत ९ महिना देखि भुक्तानी पाएका छैनन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाको तथ्यांक अनुसार गतवर्षको मंसिर १ गतेदेखि २०८१ असार मसान्त सम्म मात्रै डिडिसिले धनकुटा र तेह्रथुमका १७ वटा दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार १ सय ७५ रुपैया भुक्तानी दिन बाँकी छ । यी दुग्ध संकलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिव ५ हजार किसानले उत्पादन गरेको दुध संकलन गरि डिडिसीलाई विक्री गर्दै आइरहेको छ ।  हात्तिखर्कस्थित दु्ग्ध संकलक सहकारी संस्थामा किसानले ल्याएको दुध । तस्बिर: हरिबहादुर लम्जेल, धनकुटा डिडिसील

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले टिकटक प्रतिबन्ध हटायो

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बुधबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिएको हो । स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका थिए ।पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved