धरानमा बास्केट बल खेलको गतिविधि बढ्यो सरकारी स्तरबाट सहयोग न्यून

  • भदौ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा खेलकुदका गतिविधि धेरै हुन्छन्। फुटबल, भलिवल, टेवलटेनिस, बास्केटबल लगायतका खेलकुदका गतिविधिहरु हुने गर्छन्।

धेरै खेलहरु तीन तहकै सरकारको सहयोग प्राप्त हुने गर्छ तर धरानमा हुने गरेका बास्केट वल प्रतियोगिताहरु विद्यालय स्तर तथा बास्केटबल सम्बन्धी संघसंस्थाको प्रयासमा हुने गरेका छन्।

नेपालमा बास्केट बलको सुरुआत धरानबाट भयो। धरानमा ब्रिटिशको प्रवेशसँगै बास्केट बल पनि प्रवेश भयो। नेपालमा बास्केट बलको जति विकास भयो, उति ठूलो श्रेय धरानले पाउँछ। तर पनि धरानले ‘बास्केट बलको ब्राण्डिङ’ गर्न सकेको छैन ।

धरान बासकेट बलसंघ, नेपाल बास्केट बलसंघ दर्ता हुनुभन्दा अगाडिको संस्था हो नेपालमा बास्केट बलको सुरुआत धरानबाट भएको इतिहास छ नेपाल बास्केट बलसंघका पूर्व अध्यक्ष दिवंगत लामा टेण्डी शेर्पा जो राष्ट्रियखेलकुद परिषदका उपाध्यक्ष पनि हुनुहुन्थ्यो।

ओलम्पिक कमिटीका महासचिव पनि हुनुभयो। तर त्यही इतिहास बोकेको बास्केटको प्रवद्र्धनमा सरकारी स्तरबाट न्यून सहयोग छ विद्यालय तथा बास्केटबल सम्बन्धी संघ संस्थाकाे बलमै बास्केटबल खेलको विकासमा टेवा पुगिरहेको छ।

धरानमा विद्यालय स्तरका दुई वटा प्रतियोगिता हुन्छन्। एउटा डिपोट स्कुलमा अध्ययनरत पूर्व खेलाडी स्व. रेवाहाङ राईको स्मृतिमा रेवाहाङ विद्यालय स्तरीय बास्केटल प्रतियाेगिता र अर्को मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप बर्षैनी हुने यो प्रतियोगिताले ग्रास रुटदेखि नै बास्केट खेलाडी उत्पादन गर्नेकाम गरेको छ

त्यस्तै धरान १७को होराइज क्लबलले कोशी प्रदेशमा रहेका खेलाडीलाई समावेश गरेर प्रत्येक बर्षबास्केटबल प्रतियोगिताको आयोजना गर्नेगर्छ हरेक प्रतियोगितामा धरान बास्केट बलसंघ र सुनसरी बास्केटबल संघले संयोजनको भूमिका निर्वाह गर्दै आइरहेकोसुनसरी बास्केट बलसंघका अध्यक्ष नारायणसुवेदी बताछन्।

अहिले जति पनि प्रतियोगता तथा खेलाडी उत्पादन भएका छन्सबै सरकारी स्तरभन्दा पनि आफ्नै प्रयासले हुने गरेको छ ।

फुटबल खेलमामा राज्यले जति लगानी गरेको छ बास्केटबल खेलमा त्यति लगानी गर्न उदाहरणे सकेको छैन। फुटबल खेल लगानी गरे जति बास्केटबल खेललाई पनि राज्यले लगानी गर्नसकेको खण्डमा बास्केट बललले पनि ने पालमा राम्रै स्थान जमाउने प्रशिक्षक विकास राई बताउछन्।

विगतमा बास्केट खेलकासंघसंस्था भएपनि विद्यालय स्तरबाट पनि कमै प्रतियोगिता हुन्थे। लगानी नभए पनि बास्केट बल खेल्न विगतको जस्तो अफ्ठ्यारो परिस्थिति उदाहरणे नभएको बास्केट बलका राष्ट्रियखेलाडी डा.आशा राई बताउछिन्।

यतासानै उमेरदेखि बास्केटबल खेलमा लागेकाहरुलाईपनि विद्यालय स्तरबाट हुने गरेका प्रतियोगिताले भविष्यमा राष्ट्रियखे लाडी हुने चाहनालाईकेही हदसम्म पूरा गर्ने प्रयास उदाहरणे गरेका छन् विद्यालयहरुले समेत विद्यालय स्तरबाटै हुने प्रतियोगिताले आफ्नो खेलको विकास गर्नसहयोग पुगेको बताएका छन्।

आफ्नै बलबुतोले सञ्चालन भएका यस्ता प्रतियोगितामा राज्यले खेल यदिेत्रको महत्व नबुझेको खेलाडी तथा खेलको विकासमा लागेकाहरुले बताउने गरेका छन्।

राज्यले समेत यस्ता प्रतियोगिताको अपनत्व गरेर अगाडि बढाउन सकेको खण्डमा नेपालमा खेलको प्रवद्र्धनसँगै खेलाडीको भविष्य समेत सुनिश्चित हुनेमा दुईमत छैन।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved