एसईई स्पिकर दोेश्रो अडिसनबाट २३ जना छनौट(को को भए छनौट?)

  • वैशाख ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन्।याडिकल लाइट नेपाल प्रा।लि। धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्।
को को भए छनौट ?

3

सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र र आयुषा पौडेल छन्। त्यसैगरी, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल बाट दिविका राई, एभरेस्ट चिल्ड्रेन होम सेकेन्डरी स्कुल, पानबारी का निशान विश्वकर्मा, सरस्वती मा।वि।, पानबारी की निर्मला भण्डारी र आयुषा आचार्य पनि सेमिफाइनलमा प्रवेश गरेका छन्।

2

त्यस्तै, होली बेल इङ्लिस सेकेन्डरी स्कुल, झापा का आविष्कार राउत, बेबिलोन सेकेन्डरी बोर्डिङ, इटहरी की होमिता पोख्रेल, भरोल बाल मन्दिर इङ्लिस स्कुल, बराहक्षेत्र की सलिना राई, ब्लुम नेपाल स्कुल, इटहरी का शुभम पोख्रेल, पर्वत सेकेन्डरी स्कुल, धरान का निङ्साङ लिम्बु र पिक्सि राई, डिपोट सेकेन्डरी स्कुल की रोशनी नेपाल, कार्मेल हाईस्कुल की पूजा लिम्बु, भानु स्मृति मा।वि।, धरान की प्रतीक्षा तामाङ, सियोन स्कुल की सोनिया राई, के।के। इन्टरनेसनल स्कुल की तपस्या भण्डारी, जेम सेकेन्डरी बोर्डिङ, धरान की सन्जिना राई र सुनाखरी एकेडेमी की नाबिया सरखाना सेमिफाइनलमा छानिएका छन्।प्रतियोगिता धरान–३, सदन रोडस्थित प्रा।लि।को कार्यालयको हलमा सम्पन्न भएको थियो।प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सैनिक आवासीय मा।वि। का अङ्ग्रेजी शिक्षक डिल्लीराम कट्टेल थिए।
विषय

5

प्रतियोगीहरूले नेपालको वर्तमान शिक्षा प्रणालीू,देश विकासमा युवा पुस्ताको भूमिकाू,नेपाली संस्कृतिको संरक्षणमा हाम्रो कर्तव्यू,ूडिजिटल प्रविधिको प्रभाव? वरदान कि अभिशाप?जलवायु परिवर्तन र हाम्रो दायित्व,सकारात्मक सोचको शक्तिm,हरेक व्यक्ति इमानदार, समृद्ध राष्ट्रको आधार गरि सात शीर्षकमध्ये एक छानेर बोल्ने अवसर पाएका थिए।
विजेतालाई पुरस्कार व्यवस्था

4
प्रतियोगिताका विजेताले रु.५५,००० नगद, धरानमा प्लस टु अध्ययनका लागि शत–प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, फर्स्ट रनर–अपले रु। २५,००० नगद र ६० प्रतिशत छात्रवृत्ति, तथा सेकेन्ड रनर–अपले रु। १०,००० नगद र ५० प्रतिशत छात्रवृत्ति, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।प्रालिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, एसईई दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र वाक्कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

6

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved