महेन्द्र स्कुल दुहबीले विभिन्न कार्यक्रम सहित बालदिवस मनायो "चन्दन रौनियार"

  • भदौ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

दुहबी/ ६० औं राष्ट्रिय बालदिवसको अवसरमा सुनसरीको दुहबी नगरपालिका वडा न.४ मा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम सहित बालदिवस मनाएको छ।

“बालबालिका लगानी ःसुनिश्चित भविष्यको थालनी ”भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक साथै अन्य बुद्धिजीवीहरुको उपस्थितिमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित दिवस सम्पन्न गरिएको थियो।

कार्यक्रममा विभिन्न कला प्रदर्शनी गर्ने उत्कृष्टलाई प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य पत्रकार चन्दन रौनियार र अनुशासन विभागका इन्चार्ज कृष्ण योन्जनले विभिन्न बिद्यामा प्रथम,दोस्रा,तेस्रो हुनेहरुलाई संयुक्तरूपमा पुरस्कर बितरण गरिएको थियो।

उक्त अवसरमा विद्यार्थी,अभिभावक,शिक्षक तथा शिक्षिकाहरुबाट बाल अधिकारको बारेमा,बालबालिकाको अनुशासन,शिक्षा क्षेत्रमा राज्यको निति,अभिभावकको कर्तव्य लगायतका विषयहरुलाई समेटेर महेन्द्र बोडिङ स्कलका सहप्राध्यापक रमेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेकोले उक्त सन्धिको आधारमा बालदिवस मनाउदै आएको छ।

यस विद्यालयले पनि आफ्नो स्थापनकाल देखि हरेक वर्ष बालबालिकाको अधिकारका लागि विशेष गरी यो दिवसको आयोजना गरेको विद्यालय सञ्चालक तथा प्रधानध्यापक निश्चल शाक्यले जानकारी दिए।

आगामी दिनमा अझै भव्य र रचनात्मक क्रियाकलाप गर्दै मनाउने तथा विद्यार्थीको चौतर्फी क्षेत्रमा विकास गर्न विद्यालयले कन्जुस्याइँ नगर्ने शाक्यको भनाइ छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved