धरान ।सुनसरीको धरान उपमहानगरपालिकाम वडा नम्बर ६ मा रहेको एभरेष्ट चिल्ड्रेन होम स्कुलले वि.सं २०६३ सालदेखि निजी क्षेत्रको शिक्षाप्रेमी स्थानीयहरुको लगानीमा सञ्चालित स्कुल हो ।
गाउँका अभिभावकको छोराछोरीलाई अंग्रेजी माध्यमबाट अध्ययन र अध्यापन गराउन सहज र सर्वसुलभ बनाएर स्थानीयको पहलमा नै जग्गा खरिद गरि शुरु गरिएको स्कुलले अभिभावक र विद्यार्थीको मन जितेर आजको मिति सम्म आइपुगेर १७ औं बार्षिक उत्सब मनाउन सफल भएको छ ।
एभरेष्टले त्यहाँ अध्ययन गर्न आउने विद्यार्थीका अभिभावकहरु,शैक्षिक सरोकार राख्नेहरु,स्थानीय सरकारका प्रतिनिधी , प्रदेश सभा सदस्य र विद्यार्थीसँग १७ औं बार्षिक उत्सव मनाएको हो ।कोशी प्रदेश सभा सदस्य रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा उक्त बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेश सदस्य बस्नेतले निजी क्षेत्रको स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रंशसा गर्दै शैक्षिक गुणस्तर सुधार गर्नु आजको पहिलो आवस्यकता भएको बताए ।
सामुदायिक स्कुल होस् या निजी क्षेत्रको स्कुल दुवैको लागि शैक्षिक गुणस्तर सुधार गरी समय सापेक्ष र विद्यार्थीको चाहनालाई बुझेर अध्यापन गराउँदै अघि बढ्नुपर्ने आवस्कता रहेको र सरकारले सवै क्षेत्रको शैक्षिक गुणस्तर उकास्नको लागि सहयोग गरि अघि वढ्नु पर्ने उनको भनाई छ।
कार्यक्रममा शिक्षा महाशाखा प्रमुख धरान उपमहानगरका प्रमुख गणेश खतिवडाले एभरेष्ट स्कुलको १७ औं बार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य दिदैं स्कुलको उन्नती प्रगती सहित आगामी दिनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।अन्य अतिथीहरुले स्कुलले हाल सम्म गरेको हरेक गतिविधीहरु धरानमा नै उत्कृष्ट रहेको बताएका थिए ।
हरेक बर्ष हुने बार्षिक परीक्षाको नतिजा,अन्य अतिरिक्त क्रियाक्लापमा समेत जिल्ला र नगरमा यहाँका विद्यार्थीहरु सदैब अग्र स्थान ल्याएर विजयी हुदै आएको र आगामी दिनमा समेत सदैब अग्र स्थान कायम राख्नको लागि अतिथीहरुले शुभकामना दिए ।
कार्यक्रममा धरान उपमहानगर पालिकाका युवा,शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गणेश खतिवडा विशिष्ट अतिथी ,अतिथीहरु सुनसरी जिल्ला पत्रकार महासंघका अध्यक्ष जनकऋषी राई,
सह सचिव भोला श्रेष्ठ ,स्कुल सञ्चालक समिती संस्थापक सदस्यहरु झुमा राई,हरि प्रसाद कटवाल,चेतनाथ घिमिरे,सीता उपाध्याय,इन्द्र कुवँर ,स्थानीय स्कुलका प्रतिनिधी,समाजसेवी,जनप्रतिनिधी र अभिभावक लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व स्कुल सञ्चालक समिती अध्यक्ष सन्तवीर पौडेल र स्वागत मन्तव्य प्रिन्सिपल भुपाल पौडेलले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक बालकुमार लिम्वुले गरे ।कार्यक्रममा विद्यार्थीहरुले नृत्य,गायन,नाटक लगायतको प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
एसईई टपर,‘स्टुण्डेण्ट अफ द इयर’लगायतलाई पुरस्कार र सम्मान
स्कुलले वर्षदिनभरी भए गरेका त्यस्ता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत सहित सम्मान पनि गरेको छ ।
विद्यार्थीको प्रोत्साहनको लागि बार्षिक उत्सव हरेक बर्ष मनाउँदा त्यस्ता विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गर्दै आएको प्रिस्सिपल भुपाल पौडेलले बताए ।
उनका अनुसार यो वर्षको एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीहरु स्मृती लिम्बु र आदित्य राईलाई सम्मान सहित पुरस्कृत गरेको छ । उनीहरुले एसईई २०८०को परीक्षामा ए प्लस ल्याएर उतीर्ण भएका थिए भने जम्मा १९ जना विद्यार्थी एसइईको परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
स्कुलले हरेक बर्ष ‘स्टुण्डेण्ट अफ द इयर’ घोषित गरी पुरस्कृत र सम्मान समेत गर्ने गरेको छ । २०८० को ‘स्टुण्डेण्ट अफ द इयर’ कक्षा १० मा अध्ययनरत विद्यार्थी निशान विश्वकर्मा घोषित भए । अध्ययन,अनुसासन,लगनशीलता लगायतको आधारमा मुल्याँकन गरी स्कुलले पुरस्कृत र सम्मान गरेको हो ।
नगद र मायाको चिनो सहित प्रिन्सिपल पौडेलले सम्मान गरेका थिए । त्यसै गरि अन्य विधाहरु वेष्ट मनिटर,वेस्ट हाइजिङ,मस्ट इम्पु्रभ,वेस्ट डान्सर,वेस्ट ह्याण्ड राईटिङ,वेस्ट मोडलिङ लगायतका विद्यार्थीलाई समेत पुरस्कृत र सम्मान गरिएको थियो ।
स्कुलको आगामी योजना,मण्टेश्वरीदेखि चिल्ड्रेन पार्क सम्म
स्कुलले शैक्षिक गुणस्तरलाई थप प्रभावकारी र स्तरउन्नती गर्नको लागि थप योजना यो वर्षभित्र सम्पन्न गरेर कार्यान्यवन गर्ने लक्ष्य लिएको छ ।
प्रिन्सिपल पौडेलका अनुसार यो वर्षभित्र नै नर्सरी,एलकेजी र युकेजीलाई मेण्टेश्वरी वेसमा लगिने वताए । उनले भने,हामीले यो तहका बालबालिकालाई मेण्टेश्वरीको माध्यमद्धारा शिक्षण सिकाईलाई प्राथमिकता दिने ,स्कुल परिसरमा नै चिल्ड्रेन पार्क,प्राजेक्टर हल लगायतको थप काम गर्नेछौ।’