प्रहरीलाई दशैं लाग्यो ,ठाउँ ठाउमा चेकजाँच

  • भदौ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चाडवाड नजिकिदै जाँदा प्रहरीले चेकजाँचलाई कडाई बनाएको छ ।

धरानमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्नुकासाथै चोरीका घट्ना बढ्न थालेपछि राती राती चेकजाँचलाई कडाइ गरेको हो ।

पार्किङमा राखेका मोटरसाइकल हराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा चाडवाड नजिकै गएको अवस्थामा चोरीका घट्नाहरु बढ्न थालेपछि चेकजाँचलाई कडाई बनाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानमा भर्खरै इलामबाट सरुवा भएर प्रमुखको रुपमा आउनु भएका डिएसपी प्रकाश जवेगुका अनुसार दशै तथा तिहारको पूर्व सन्ध्यामा चोरीका घट्ना बढ्ने भएकोले नियन्त्रणको प्रयासस्वरुप चेकजाँचलाई कडाई गरिएको बताए ।

उनले अहिले विशेषगरि रातको समयमा मादप पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सख्या बढदै गएकोले यसलाई नियन्त्रण गर्नकै लागि पनि चेकजाँचलाई कडाई गरिएको उनको भनाई छ ।

अहिले धरानको मुख्यचौक भानुचौक, माछाभौडी, लक्ष्मीचौक, तीनकुने चेक पोष्ट लगायतका स्थानमा सवारी चेकजाँच कडाई बनाइएको छ ।

जनताले शान्ति सुरक्षाको अनुभूति गर्न सकून, शान्ति सुरक्षा कायम होस् भन्ने उद्देश्यले नै चेकजाँच गरिएको उनको भनाई छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved