समाचार

    Showing १८१-१९० of १०,४१५ items.
  • भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

    काठमाडौँ/  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

    काठमाडौं/ चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने बताइएको छ । हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको दूतावास स्रोतले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसा

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ६ फरार प्रतिवादी पक्राउ, वर्षौंदेखिको फैसला कार्यान्वयनमा प्रहरी सक्रिय

    धरान/  विभिन्न मुद्दामा सुनसरी जिल्ला अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का विक्सन परियार रहेका छन्। उनीमाथि अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा फैसला भएको थियो। एउटा मुद्दामा ६५ दिन कैद र ८ हजार रुपैयाँ जरिवाना तथा अर्को मुद्दामा ४० दिन कैद र ७ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न ब

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ५२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र इटहरीमा लागूऔषधसहित तीन जना पक्राउ, १० किलो गाँजा बरामद

    धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरानका एक युवक तथा अटोमा गाँजा ओसारपसार गरिरहेको आरोपमा दुई जना रहेका छन्। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१५ त्रिवेणी चोकमा पैदल हिँडिरहेका धरान–५ निवासी २२ वर्षीय सूर्य लावतीलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १५० क्याप्सुल, डेकोलिक ५० ट्याब्लेट र एन्जाइन १०० ट्याब्लेट बरामद भएको हो। यस्तै, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको नहर छेउ भित्री सडकखण्डमा अटो चेकजाँच गर्ने क्रममा १० किलो ३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहर

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अर्बिन ब्रदर्श अटोबाट धरानमा चेतकका दुई नयाँ आधुनिक विद्युतीय स्कुटर बिक्री सुरु

    धरान/  विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणबीच धरानमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन्। धरानस्थित अर्बिन ब्रदर्श अटोले चेतक सी२५०१ र चेतक सी३५०३ मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो। हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा बजाजले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेका यी दुवै मोडल अब धरानका ग्राहकले पनि खरिद गर्न सक्ने अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए। चेतक सी२५०१ मा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यसले ११३ किलोमिटरसम्म यात्रा गर्न

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उर्लिएको भोटेकोशीले त्रिशूली बजारमा निम्त्यायो ठूलो क्षति

    त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले करिब ६० घर बगाउनुका साथै त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ। बाढीको पूर्वसूचना पाएलगत्तै नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्। बाढीले देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ भने त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बाढ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, ४४ वर्षीय पुरुष पक्राउ

    तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुम प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भदौ ९ गते ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। घटनालगत्तै सोही दिन लिम्बुलाई नियन्त्रणमा लिइएको हो। पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ। घटनाबा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ को सरस्वती माविमा ८ महिनादेखि शिक्षक छैनन्, एसईई तयारीमा रहेका विद्यार्थी मारमा

    धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षकको पद आठ महिनादेखि रिक्त रहँदा पठनपाठन प्रभावित भएको छ। आगामी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत शिक्षक अभावका कारण प्रत्यक्ष मारमा परेका छन्। शिक्षक नियुक्तिको विषयलाई लिएर वडा अध्यक्ष भूपेन्द्र भट्टराई र धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष भट्टराईले शिक्षक नियुक्तिका लागि पटक–पटक नगरपालिकासँग आग्रह गर्दा पनि समस्या समाधान नभएको आरोप लगाए। विद्यालयका प्रधानाध्यापक होम

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार प्रतिवादी पक्राउ

    धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो। उच्च अदालत इलामको २०७९ असार ३० गतेको फैसलाअनुसार दाहालले ८ लाख ४० हजार रुपैयाँ बिगो र ४२ हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार रहेका दाहाललाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे इटहरी उपमहानगरपालिका–१ स्थित आ

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावकलाई शिक्षा दिँदै डिपोट सेकेन्डरी स्कुल

    सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकाको प्रारम्भिक विकास, उचित हेरचाह, सुरक्षा, संरक्षण तथा सिकाइमा अभिभावकको भूमिकाबारे जानकारी दिइएको थियो। कार्यक्रममा सेतो गुराँस सुनसरीकी सचिव भीमा राईले सहजकर्ताका रूपमा प्रारम्भिक बालविकासको अवधारणा, यसको महत्व तथा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासका पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको प्रारम्भिक सिकाइलाई प्रभावकारी बनाउन घर तथा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved