उर्लिएको भोटेकोशीले त्रिशूली बजारमा निम्त्यायो ठूलो क्षति

  • भदौ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

त्रिशूली/ रसुवाबाट आएको भोटेकोशीको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले करिब ६० घर बगाउनुका साथै त्रिशूली नदीमाथिका दुईवटा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ।

बाढीको पूर्वसूचना पाएलगत्तै नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्। बाढीले देवीघाट क्षेत्रसमेत प्रभावित भएको छ भने त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्।

त्यस्तै, २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बाढीले बगाएको बताइएको छ।

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

बाढीको प्रभाव त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रशासनले जनाएको छ।

धरान र इटहरीमा लागूऔ ...

धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका ...

अर्बिन ब्रदर्श अटोबा ...

धरान/  विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणब ...

५६ वर्षीया महिलामाथि ...

तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महि ...

धरान–६ को सरस्वती मा ...

धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved