धरान/ बिद्यार्थीको अध्ययन अलवा बोल्ने कलाको क्षमता विकासका लागि एभरेष्ट चिल्ड्रेन होम इङ्लिस बोर्डिङ स्कुल धरान ६ पानबारीले वक्तृत्वकला आयोजना गरेको छ । शुक्रबार स्कुलमा नै विद्यार्थीवीच प्रतिष्पर्धा गराएर वक्तृत्वकला आयोजना गरेको विद्यालयका शिक्षक खगेन्द्र श्रेष्ठले वताए । शिक्षक श्रेष्ठका अनुसार कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी उक्त वक्तृत्वकलामा सहभागी भएका थिए । ४० जना भन्दा विद्यार्थीले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १० मा अध्ययनरत निशान विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा कक्षा १० नै अध्ययनरत लोचना सिग्देल दोश्रो ,झुमा सुन्चेउरी त
सिम्याट अर्थात सेन्ट्रल म्यानेजमेण्ट टेष्ट नेपालको सवैभन्दा पुरानो सरकारी विश्व विद्यालय त्रिभुवन विश्व विद्यालयले लिने गर्दछ । तर विद्यार्थीहरुमा सिम्याट परीक्षाको विषयमा खासै जानकार भएको पाँइदैन।यसर्थ बिद्यार्थी आफुलाई ईच्छा लागेको विषयमा कलेजमा अध्ययन गर्न जाँदा मात्रै थाहा हुन्छ की सिम्याट परीक्षा दिएर मात्रै भर्ना हुन पाइने रहेछ भनेर। त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापन संकायमा व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा विद्यार्थीको आकर्षण भने वढेको पाइन्छ तर त्यसका लागि विद्यार्थीले के के गर्नुपर्छ भनेर आधारभुत जानकारी समे
धरान/ नरसिंह भगवान मन्दिर धरान–१४ स्थित दुई धारेमा रहेको मन्दिरको जग्गा धरान ५ स्थित पानबारीको वास्तविक छानविन गर्नको निम्ति एक हप्ता अघि छानविन समिती वनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हप्ताको समयावधी दिएर इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरीसकेको छ । मकरध्वज आचार्यले स्थापना गरेको नरसिंह भगवान मन्दिरको जग्गा सुनसरीका विभिन्न स्थानमा छन् तर पानबारीमा रहेको जग्गा भने विवादित वन्न पुगेको छ । हाल नरसिंह भगवान मन्दिर संरक्षण समितिको अध्यक्ष धरानका टोमप्रसाद आचार्य छन् । मन्दिरका संस्थापक मकरध्वजका पनाती हुन् टोमप्रसाद । अर
धरान/ शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधा
धरान/ नेकपा एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ। वुधबार सम्पन्न भएको निर्वाचनको मत परिणामबाट खनाल सहितको प्यालन विजयी भएको हो । खनालले तीन सय ८७ मत ल्याएर निर्वाचित भए।खनाल र खेमराज पोख्रेलवीच प्रतिष्पर्धा भएको थियो । पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । खनाल र पोख्रेलवीच एक सय मत अन्तर रहेको छ । उपाध्यक्षमा परशुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतलाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए । सचिवमा राम कोइराला विजयी भएका छन्
धरान/ धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको सडक विस्तारमा संघ, प्रदेश र स्थानीय सरकारले महत्व दिएका छन् । पछिल्लो समय संघीय सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयबाट धरान १४ विजयपुरको सौन्दर्यकरण शीर्षकमा २० लाख बजेट विनियोजन भएपछि जीर्ण सडक निर्माण शुरु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरलाई संघ, प्रदेश र स्थानीय सरकारले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । विजयपुरमा ऐतिहासिक महत्व बोकेको झण्डै दुई दर्जनभन्दा बढी मठ मन्दिर छन् तर जीर्ण सडक, प्रचारप्रसारको अभाव लगायत विविध कारणले पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमात्र चर्चामा छ । छ
इटहरी/ सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् । निर्वाचनको नियमअनुसार एक हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौति छोटो समयमै पार गरेर अहिले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् । १४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पुर्व कप्तान पोख्रेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् । कुनैपनि नेपाली मुलका व्यक्तिले
धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘एसईई स्पिकर–२०८१’ को दोस्रो चरणबाट १९ जना सहभागी छनोट भएका छन् । दोस्रो चरणका लागि ‘वातावरण संरक्षण र विकास’ तथा ‘विद्यार्थी र राष्ट्रियता’ गरी दुईवटा शीर्षकहरू दिइएका थिए । प्रतियोगीहरूलाई यीमध्ये कुनै एक शीर्षक छानेर बोल्न दिइएको थियो । दोस्रो चरणबाट छानिएका विद्यार्थीहरू तेस्रो चरणमा प्रवेश गरेका छन् । तेस्रो चरणपछि अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए
झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ
धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई