समाचार

    Showing 1,581-1,590 of 10,127 items.
  • धरानमा ब्राउन सुगरसहित एक जना पक्राउ

    धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगरपालिका वडा नं. १६ जोरसखुवा भुमीपथ क्षेत्रबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोली त्यहाँ पुग्दा ३४ वर्षीय रोहित विष्टले THC GATSBY लेखिएको प्लाष्टिकको बट्टा फालेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले उक्त बट्टा खोली हेर्दा कालो प्लास्टिकमा बेरी स-साना १८ वटा बुलेटजस्तै पोका बनाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको जनाएको छ। तौल जाँच गर्दा लागू औषधको परिमाण १.०२ ग्राम (१ ग्राम २० मिलिग्राम) रहेको पाइएको हो। हाल उ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 2,867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषकलाई मेसिनदेखि मलबीउसम्म : भद्रपुर नगरपालिकाको करोडौंको प्रोत्साहन

    झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधुनिक कृषि यन्त्र, बीउ, मल, विषादी र नगद प्रोत्साहनसहित करोडौं रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ। नगरले कृषकहरूको उत्पादन क्षमता बढाउने र परम्परागत खेती प्रणालीलाई यान्त्रिकरणतर्फ लैजाने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो। नगरपालिकाले हालै भद्रपुर–९ स्थित एनएमसी एग्रो फार्म र भद्रपुर–१ स्थित पुष्पाञ्जली महिला कृषि सहकारी संस्थालाई चार चक्के राइस ट्रान्सप्लान्टर (धान रोप्ने मेसिन) प्रदान गरेको छ। त्यस्तै, छ–छ हजार थान सिड ट्रे वितरण गरिएको छ भने एनएमसी एग्रो फार्मले प्याडी सिडर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङ र पाँचथरमा लागूऔषधसहित ६ जना पक्राउ

    ताप्लेजुङ/ ताप्लेजुङ र पाँचथर जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा फुङलिङ नगरपालिका–११ का २१ वर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली–१० का २७ वर्षीय देवबहादुर विक, फक्तालुङ गाउँपालिका–३ का ३२ वर्षीय मन्दिप लिम्बू र भारतीय नागरिक मनोज साहलाई ३३३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, पाँचथरको फिदिम नगरपालिका–४ मा पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक गर्मीसँगै रगतको चरम अभाव

    धरान/ गर्मीको चर्को प्रभावसँगै कोशी प्रदेशमा रगत अभाव हुन थालेको छ । प्रदेशभरका अस्पतालहरूमा दैनिक जसो सुत्केरी, डायलिसिस र क्यान्सर बिरामी तथा दुर्घटनाका घाइतेलाई रगतको आवश्यक पर्छ । तर, रगतको आपूर्ति ठप्पजस्तै हुँदा उपचार सेवा नै प्रभावित हुन पुगेको हो ।प्रदेशका प्रमुख रक्तसञ्चार केन्द्रहरूबाट प्राप्त विवरणले देखाएअनुसार पनि कोशीमा रगतको चरम सङ्कट देखिएको छ । जसका कारण तत्काल रगतको आवश्यकता पर्ने बिरामी मर्कामा परेका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत आवश्यक पर्छ । तर, पछिल्लो समय त्यो परिमाणमा रगत उपलब्ध हुन सकेको छैन । रक्त

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पक्की बन्दै ग्रामीण कुला, सिँचाईमा किसानलाई सहज

    इलाम/ मुहानमा सानो पानी कच्ची कुलो पानी लैजाँदा आधी नपुगी हराउँथ्यो । कुलोमा झार पलाउँथ्यो । झार पलाएर कुलो नै छोपिए पछि कुलो प्रयोग गर्ने किसान मिलेर सफा गर्ने अनि खेती लगाउने चलन थियो । एक पटक सफा गरेको कुलो एक दुई महिनामा पुन सफा नगरे पानी बग्न नदिने गरी झार पलाउँथ्यो । विगतका वर्षहरूदेखि कच्ची कुलो मर्मत गरेरै खेती चलिरहेकै थियो । इलाम नगरपालिका ५ भोर्लेनीका गीता बहादुर लिम्बुले सोचेका पनि थिएनन् आफ्नो खेतमा पानी लैजाने कुलो पक्की बन्छ भनेर । वर्षे देखि कच्ची कुलोबाटै खेती गरिरहेका उनी यस वर्ष निकै खुसी छन् । किनकि उनको खेतमा पुग्ने त्यो कच्ची कुलो पक्की बनिसको । मुहानमा जत्रो पानी

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण

    भोजपुर/भोजपुरको षडानन्द नगरपालिका–१०, तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ। बौद्ध संस्कृतिको संरक्षणसहित धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो। वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग, साथै स्थानीयवासीको जनश्रमदानमार्फत करिब १ करोड २० लाख रुपैयाँ लागतमा गुम्बा निर्माण गरिएको हो। झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको गुम्बासँगै भान्सा, शौचालय र धारा जस्ता संरचना समेत निर्माण गरिएको छ। वडाले गुम्बाभित्र बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चित्र र आकृति निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 385 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा गर्मीका कारण विद्यालय दुई दिन बन्द हुने

    धरान/ कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।  गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरिने भएको छ। धरान उपमहानगरपालिका–१२ स्थित नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै २०८२/०२/२९ र ३० गते (बिहिबार र शुक्रबार) विद्यालय विदा दिइएको हो। शिक्षा अधिकृत ध्रुवराज खड्काको हस्ताक्षरयुक्त सूचनामा भनिएको छ, “स्थानीय परिस्थिति, विद्यार्थीहरूको भौतिक अवस्

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 861 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा २२ वर्षीय युवक मृत फेला

    विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–७ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। झापा हल्दिबारी गाउँपालिका–२ पाराखोपीका २२ वर्षीय सुदीप यादवको शव बिहीबार बिहान स्थानीय मनोज कर्मकारको घर छेउमा रहेको बाँसको चौतारामा फेला परेको हो। इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार यादव रतुवामाई–९ निवासी राम भट्टराईको ट्याक्टरमा काम गर्दै आएका थिए। भट्टराईकै ट्याक्टरमा कार्यरत यादव आफ्ना सहकर्मी मनोज कर्मकारका पिताको निधन भएपछि शोक प्रकट गर्न कर्मकारको घर पुगेका थिए। शव भेटिएको स्थानमा कुनै संघर्ष वा आक्रमणको संकेत नभेटिएको प्रहरीको प्रारम्भिक भनाइ छ। यादवको मुखबाट फिँज निस्किएको अवस्था

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 996 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिएसपी हुँ भन्दै छ लाख ठगी गर्ने दुई जना पक्राउ

    सुनसरी/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल काठमाडौँको कलंकी बसोबास गर्ने ४२ वर्षीय रेवती ओझा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, "डिएसपी हुँ भन्दै प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भनेर उनीहरूले छ लाख रुपैयाँ ठगेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरिएको थियो। सोही अनुसन्धानका क्रममा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी गाउँपालिकामा नैतिक शिक्षा तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

    सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–६ मा ‘नैतिकवान मधेस तथा सशक्तिकरण शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ। स्थानीय युवामा नैतिक चेतना विकास गर्ने र मधेसी समुदायको सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता आयोजक संस्था प्रतिनिधि रेणु साहले गरेका थिए भने कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल तथा कोशीटापु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्र यादवले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा युवालाई नेतृत्व व

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved