इगो र गुटको राजनीति: रास्वपा इटहरीको झगडा उच्च अदालतसम्म पुराना पार्टीभन्दा फरक’ भन्ने नारा कहाँ हरायो?

  • साउन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, परिवर्तन र शुद्ध राजनीतिका नारामा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरीमा गुट र इगोको राजनीतिमा जकडिँदै अदालतको ढोका ढकढक्याउन पुगेको छ।

इटहरी नगर समितिको श्रावण १० मा तय नगर अधिवेशन रोक्न उच्च अदालतसम्म पुगेको घटनाले रास्वपाभित्रको गम्भीर संकट सतहमै ल्याएको छ।

सुनसरी, इटहरी उपमहानगरपालिकासँग सम्बन्धित पार्टी पदाधिकारीबीच अहंकार र गुटगत प्रतिस्पर्धा चरम रूप लिँदा समग्र पार्टी संगठन प्रभावित भएको छ।

गुट विशेषका नेताहरु एकअर्कालाई निष्क्रिय पार्ने र आफ्ना मान्छे जथाभावी नियुक्त गर्ने दौडमा लाग्दा पार्टीभित्र अनुशासन, पारदर्शिता र प्रक्रिया सबै ओझेलमा परेका छन्।

विवादको सुरुआत ‘दोहोरो नागरिकता’बाट

विवादको सुरुवात तत्कालीन उपसभापति हरिमाया अधिकारीमाथि लागेको दोहोरो नागरिकताको आरोपबाट भएको हो।

निलम्बनमा परेकी अधिकारीको निलम्बन फुकुवा भएपछि उनी स्वतः उपसभापतिमा फर्कनुपर्ने वा नपर्ने भन्ने बहसले विवाद जन्मायो।

नगर सभापति विष्णु बस्नेत बिरामी परेर बाहिर गएका बेला सचिव महेश थापाले बैठक बोलाएर कार्यवाहक उपसभापति इन्दिरा लुइँटेललाई हटाई अधिकारीलाई पुनः पदस्थापन गरे।

सो बैठकको निर्णयमा असहमति जनाउँदै थुप्रै सदस्यहरू हस्ताक्षर नगरी उठेर हिँडेका थिए।

गुटबन्दीको आरोप, कारबाहीको प्रतिवाद

नगर सभापति बस्नेतले उक्त निर्णयको औचित्यमाथि प्रश्न उठाउँदै माथिल्लो समितिमा लिखित उजुरी गरेका थिए। तर पार्टीको अनुशासन आयोगबाट कुनै स्पष्ट जवाफ नआउँदै प्रदेश महामन्त्री लालविक्रम थापाको सिफारिसमा उल्टै उनीमाथि अनुशासनको कारबाही सुरु भयो।

बस्नेतले आरोप लगाएका छन् कि, “लालविक्रम थापाले गुटबन्दी र प्रतिशोधको राजनीतिमा उत्रिएर पार्टीको विधिलाई तहसनहस पारेका छन्। म उनको गुनगान नगरेको भन्दै कारबाही गरिएको हो।”

थापामाथि पनि अख्तियारको छाया

गम्भीर आरोपमा मुछिएका महामन्त्री थापा स्वयं इटहरीको जनता माविको जग्गा भाडामा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेका छन्।

यिनै थापाले नेतृत्वको आडमा नगर र जिल्लाको समितिमा गुट विशेषको प्रभाव विस्तार गर्न खोजेको बस्नेतको आरोप छ।

‘पुराना पार्टीभन्दा फरक’ भन्ने नारा कहाँ हरायो?

रास्वपाभित्र गुट र इगोको राजनीतिले ‘नयाँ शैलीको पार्टी’ भन्ने अवधारणामै प्रश्न खडा गरेको छ। कार्यकर्ताहरूले नै भन्न थालेका छन् – “हामी परिवर्तनको अपेक्षा गरेर आएका थियौँ, तर यहाँ पनि पुरानै राजनीतिका अनुहार र प्रवृत्ति दोहोरिइरहेका छन्।”

नगर अधिवेशन रोक्न अदालतसम्म पुग्नुले रास्वपा इटहरीको मात्र नभई कोशी प्रदेशस्तरमै भित्रभित्रै सल्किएको असन्तोष सतहमै आएको संकेत दिएको छ।

 श्रोत: प्रदेश पोर्टल

rrr 1 rr 1 rrrrr rrrr

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved