समाचार

    Showing 1,551-1,560 of 10,004 items.
  • तराई–मधेसमा श्रद्धापूर्वक बट सावित्री व्रत मनाइँदै

    दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन्न जिल्लाहरूमा वैवाहिक महिलाहरूले आज बट सावित्री व्रत श्रद्धा र भक्ति भावसहित मनाइरहेका छन्। आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै हिन्दू नारीहरूले यो व्रत विधिपूर्वक सम्पन्न गर्दै आएका छन्। ज्येष्ठ औंशीका दिन मनाइने यो व्रत विशेषगरी बट (बर) वृक्षको पूजा तथा सावित्री–सत्यवानको धार्मिक कथासँग सम्बन्धित छ। धार्मिक विश्वास अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई यमराजसँग संझौता गर्दै पुनर्जीवन दिलाएको जनविश्वास छ। व्रतालु महिलाहरूले बिहानै स्नान गरी सादा वा धार्मिक वस्त्र धारण गरी पूजा सामग्रीसहित बटवृक्षमुनि पूजा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के मैदा साँच्चै नै हानिकारक हो त?

    अहिले प्राय सामजिक सन्जाल मा र प्राय भारत मा मम र चाउमिन मा मैदा को प्रयोग हुन्छ र यो प्रशोधित पिठो हो र फाइबरको अभावले पाचनमा समस्या ,कब्जियत र अपच हुने सम्भावना हुन्छ।   प्रशोधन गर्दा हानिकारक केमिकल (जस्तै: Benzoyl Peroxide, Potassium Bromate) प्रयोग हुन्छ त्यसैले मम चाउमिन हानिकारक खाध्य बस्तु हो भन्ने खालको पोस्ट देखिन्छ्।   के मम चाउमिन बास्तब मा शरिर को लागि हानि कारक छ ?  मैदा माथि भनिए झै हानिकारक खाध्य हो?  पहिले मैदा बाट के के बन्छ हेरौ है , प्राय सबै बेकरि प्रोडक्ट केक , पेस्ट्री , पाउरोटि डोनट ।   प्राय धेरै जसो भारतिय  स्नयाक्स समोसा,  नि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 1,218 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजसंस्था समर्थकको चुनौती : “ओली एक्लै सडकमा हिँडेर देखाऊ”

    काठमाडौं/ राजसंस्था पुनःस्थापनाका पक्षमा आन्दोलनरत जनआन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गतेको दिन सडकमा एक्लै हिँडेर देखाउन कडा चुनौती दिएको छ। समितिले एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई उक्त दिन राजधानी कब्जा गर्न दिएको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै भनेको छ, “ज्ञानेन्द्र शाहझैँ एक्लै सडकमा हिँडेर देखाऊ।” समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ स्वयम्‌ सुरक्षाकर्मीको कब्जामा मात्र सुरक्षित छन् भन्ने प्रमाणित भएको छ। देश अह

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित ७ जना पक्राउ, ठूलो मात्रामा गाँजासमेत बरामद

    धरान/  धरानमा लागुऔषध सम्बन्धी छुट्टाछुट्टै घटनामा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूबाट विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध र ठूलो मात्रामा गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। धरान उपमहानगरपालिका वडा नं. ८ र ११ क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिससहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बू र १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राजकुमार राई, २८ वर्षीय अनिल मगर तथा धरान–१९ का १८ वर्षीय अनिष मगर रहेका छन्। यसैबीच, वै

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 2,409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

    इलाम/ इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोविन्द विष्टलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको छ। २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे प्राप्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि विष्टलाई नियन्त्रणमा लिइएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित दाहाल गाउँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय कृष्ण लिङ्देनले आफ्नी ४० वर्षीया श्रीमती सम्झना भट्टराईलाई गत वैशाख ३ गते बिहान घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी सम्झनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। घटनापछि आरोपी कृष्ण लिङ्

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मासु पसल अव्यवस्थित, पटक–पटकको अनुगमन प्रभावहीन

    धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आईतवार  धरानका मासु पसलमा अनुगमन गरेको छ। तर, अनुगमनका क्रममा मासु पसलहरूमा अघिल्ला पटकझैं लापरबाही देखिएको पाइएको छ। अनुगमनका क्रममा धेरैजसो पसलमा फ्रिजको व्यवस्था नभएको, सफाइको अभाव रहेको र मापदण्ड विपरीत तरिकाले मासु बिक्री वितरण भइरहेको भेटिएको अनुगमन शाखाका अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार, मासु पसलसँगै अन्य व्यवसायिक फर्ममा पनि म्याद गुज्रिएका वस्तु बिक्री, सरसफाइमा लापरबाही तथा व्यवसायिक प्रमाणपत्र नवीकरण नगरेको अवस्था फेला परेको छ। धरान उपमहानगरपालिकाले मासु व्यवसायीहरूलाई मापद

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा कार्यान्वयन बारे कार्यशाला

    धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले लगानी र श्रम बजारमा उत्पन्न तरलताकाबीच सामाजिक सुरक्षा कार्यान्वयन अनिवार्य बनेको सन्दर्भमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विषयका विज्ञ मार्फत परिवर्तित सार्वजनिक यातायात क्षेत्र चुनौती र सामाजिक सुरक्षा कार्यान्वयन बारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यशाला प्रशिक्षण गरेको छ ।आइतबार सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सितार होटलमा आयोजित कार्यशालामा प्रदेशभरीका १ सय २५ जनाको सहभागीतामा कार्यशाला भएको हो । कार्यशालामा विषय विज्ञका रुपमा सामाजिक सुरक्षा कोष काठमाण्डौंका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्धता हुँ

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

    इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्। झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो। हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। ज

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।” उनले २०४७, २०६३ र २०७२ सालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved