बराहक्षेत्रमा बाख्राको खोरमा लुकाएर राखिएको लागुऔषधसहित दम्पती पक्राउ

  • साउन १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। प्रहरीले लागुऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ ६:४५ बजे राजु शर्मा नामक ५० वर्षीय व्यक्तिको घर नजिकै रहेको बाख्राको खोरमा खानतलासी गरेको थियो।

प्रहरीले खोरभित्र लुकाइ–छिपाई राखिएको अवस्थामा २१०० क्याप्सुल ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P.) र ५४० ट्याब्लेट स्पास्मो प्रोक्सिभन (Spasmo Proxyvon) बरामद गरेको छ।

साथै, उक्त लागुऔषधसँगै घरधनी राजु शर्मा र उनकी श्रीमती ३२ वर्षीया रिता शर्मालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। हाल उनीहरूलाई सोही कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थलमा लागुऔषध लुकाएर राख्ने कार्य सोही दम्पतीको संलग्नतामा भएको प्रारम्भिक अनुमान गरेको छ। यो घटनालाई प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको बताएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved