भिषण मुकारुङको ‘एकल सांगीतिक साँझ २’ धरानमा हुने

  • साउन १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान /चर्चित गायक भिषण मुकारुङको दोस्रो एकल सांगीतिक साँझ यही भदौ २८ गते शनिबार धरानमा हुने भएको छ।

भोजपुर–सुनसरी सेवा समाजको आयोजनामा हुने उक्त कार्यक्रम धरान–१५ स्थित चुम्लुङ हिमको हलमा आयोजना गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

समाजका अध्यक्ष रेवतीरमण राईका अनुसार, सुविधायुक्त कार्यक्रम हलसहितको कार्यालय भवन निर्माणका लागि आवश्यक आर्थिक संकलन जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। उनका अनुसार, ‘कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ, कार्यक्रमको खर्च करिब १०–१२ लाख रुपैयाँ अनुमान गरिएको छ।’

सांगीतिक साँझका लागि ५ सयदेखि ५ हजारसम्मका दरका टिकट छापिएको छ। कुल ७८ लाख रुपैयाँ बराबरका टिकट सार्वजनिक गरिएको अध्यक्ष राईले जानकारी दिए।

२०७० सालमा स्थापना भएको भोजपुर–सुनसरी सेवा समाजले भोजपुरे समुदायलाई एकजुट गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ। हाल समाजमा एक हजारजना आजीवन सदस्य छन्।

गायक मुकारुङले यसअघि २०७९ सालमा काठमाण्डौमा पहिलो एकल सांगीतिक साँझ प्रस्तुत गरेका थिए। अढाई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक मुकारुङले यसपटकको साँझलाई आफ्ना २५ वर्षे सांगीतिक यात्राको संक्षिप्त सारको रूपमा प्रस्तुत गर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो साँझले मेरो २५ औं बसन्तसम्मको सांगीतिक अनुभव बोल्नेछ — एकमुष्ट प्याकेजमा।’ कार्यक्रममा आफ्ना चर्चित गीतहरूसँगै अग्रज कलाकारका गीतसमेत प्रस्तुत गरिने उनले जानकारी दिए।

गायक मुकारुङका “खोर्सानी डल्ले”, “ए सिम्मा”, जस्ता थुप्रै चर्चित गीत छन्, जसले देश, समाज र परिश्रमी जनताको कथा बोलेका छन्। उनले गीतलाई केवल मनोरञ्जनका लागि नभई समाज र देशसँग जोडिनुपर्ने सन्देशसमेत दिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved