समाचार

    Showing 1,501-1,510 of 10,125 items.
  • धनकुटामा चार सवारी ठोक्किँदा कोसी राजमार्ग अवरुद्ध

    धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा एकैपटक चार सवारीसाधन एकापसमा ठोक्किँदा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धनकुटा जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ बजे प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सर्दै गर्दा सोही दिशाबाट आइरहेको प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडी पनि ठक्कर खाँदै अर्को ट्रक (प्रदेश १–०२–००१ क ४८९२ नम्बर)मा ठोक्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानका

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भात नपकाएको झोकमा श्रीमान्को कुटपिट,सुनसरीमा श्रीमतीको मृत्यु

    बराहक्षेत्र / ‘भात नपकाएको’ भन्दै सुरु भएको सामान्य भनाभन ज्यानै जाने घटनामा परिणत भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोलमा घरेलु विवादका कारण २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो । श्रीमान् सोनिया मुसहरको कुटपिटबाट गम्भीर घाइते भएकी ढलिसदाको उपचारको मौका नपाउँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनियाले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए । अत्यन्त कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारका लाग

    • प्रकाशित मितिः असार ९, २०८२
    • 1,430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट जङ्गलतर्फ लगिँदै गरेको कारबाट अत्याधुनिक राइफल बरामद

    सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार क्षेत्रमा छाडिएको कारबाट प्रहरीले अत्याधुनिक राइफल बरामद गरेको छ । प्रहरीलाई देखेपछि कारभित्र रहेका व्यक्ति जङ्गलतर्फ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट जङ्गल हुँदै गइरहेको बा ६ च ८४०३ नम्बरको कालो रङको कारलाई सोमबार राति करिब १ बजे शंका लागेर प्रहरी टोलीले रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि कारभित्र सवार ४–५ जना व्यक्ति भागेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवस कुँवर नेतृत्वको टोलीले घ

    • प्रकाशित मितिः असार ९, २०८२
    • 2,353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यारोबाट उज्यालोतर्फ : ४७ औं वर्षमा प्रवेश गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

    धरान/नेपाली यातायात श्रमिक आन्दोलनको एक ऐतिहासिक मितिका रूपमा रहेको २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज ४६ औं वर्ष पुरा गरी ४७ औं वर्षमा प्रवेश गरेको छ। त्यतिबेला निरङ्कुश पञ्चायती शासनकाल, राजनैतिक अधिकार कुण्ठित अवस्थामा सुनसरी जिल्लाको पानीपिया जङ्गलमा स्थापना भएको यस संगठनले नेपाली श्रमिक आन्दोलनमा क्रान्तिकारी परिवर्तन ल्याएको इतिहास छ। संगठन गठनपछिका प्रारम्भिक दिनमा चालकहरूलाई हत्कडी लगाउने प्रथा अन्त्य, संगठन खोल्न पाउने अधिकार सुनिश्चित गर्नसहित १३ बुँदे मागसहित ७ दिने चक्काजामको घोषणा गरिएको थियो। त्यसपछि संगठनका तत्कालीन अध्यक्ष कमल बुढाथोकीस

    • प्रकाशित मितिः असार ९, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची भन्सार कार्यालयले ११ महिनामा १४ अर्ब ४३ करोडभन्दा बढी राजस्व सङ्कलन

    झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको जेठसम्मका लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने लक्ष्यअनुसार १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँमध्ये ७७.५६ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै ६०.८१ प्रतिशत अर

    • प्रकाशित मितिः असार ९, २०८२
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बजेट प्रक्रिया फेरि अल्झियो, नगरसभा अनिश्चित

    धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम पेश गर्न बोलाइएको कार्यपालिका बैठक पुनः विवादमा परेपछि आइतबार स्थगित भएको छ। उपमेयर अइन्द्र विक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरूले कानुनी प्रक्रिया र आवश्यक तयारी बिना बैठक बस्न मिल्दैन भन्दै मेयर हर्कराज साम्पाङलाई लिखितरूपमा पत्र बुझाएपछि बैठक सुरु नहुँदै स्थगित भएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगरसभामा वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, आइतबार (असार ८) को बैठक स्थगित भएपछि तोकिएको मितिमा धरानको बजेट तथा कार्यक्रम नगरसभामा पेस हु

    • प्रकाशित मितिः असार ९, २०८२
    • 984 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीले कोशी प्रदेश ओपन बास्केटबल उपाधि जित्यो, लगातार छैटौं च्याम्पियन

    धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा इलामलाई ८०–७३ अंकले पराजित गर्दै सुनसरीले छैटौं पटक लगातार च्याम्पियन बन्न सफल भएको हो । धरान बास्केटबल संघको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा सुनसरीले फाइनलमा रोमाञ्चक जित निकालेको हो । खेलको पहिलो क्वाटरमा इलामले २५–११ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अंक जोड्दा पहिलो हाफमा इलाम ४०–२७ ले अघि थियो । तेस्रो क्वाटरमा सुनसरीले उत्कृष्ट प्रदर्शन गर्दै ३१–११ को अग्रता लियो । अन्तिम क्व

    • प्रकाशित मितिः असार ८, २०८२
    • 1,087 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी चौकी बनाउन मेयर साम्पाङको अवरोध,स्थानीयबासी आक्रोसित

    धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप केही बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध गरेपछि स्थानीयहरु आक्रोशित बन्दै प्रहरी चौकी निर्माण रोक्न नहुने बताउदै आएका छन् ।स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा प्रहरी चौकी निर्माण गर्ने निर्णयसँगै निर्माणको काम शुरु भए

    • प्रकाशित मितिः असार ८, २०८२
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी किनारको बदलिँदो जीवनशैली : घट्दै गोठालो पेशा, बढ्दै व्यवसायिक पशुपालन

    चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस्तीको जीवनशैली पनि बदलिँदो छ। विगत एक सय वर्षमा कोशी नदीले पटक–पटक धार परिवर्तन गरेसँगै यहाँको समाज र जीविकोपार्जन शैलीमा पनि ठूलो फेरबदल आएको छ। वयोवृद्ध आनन्दप्रसाद गौतमका अनुसार सन् १९८५ मा कोशी पूर्वी तट हुँदै बग्थ्यो। बर्सेनि बाढीले धार फेरिरहँदा बस्तीहरू पनि सर्न बाध्य भए। यस क्षेत्रमा कृषि र पशुपालन नै मुख्य पेशा भए पनि परम्परागत गोठालो पेशा भने विस्तारै हराउँदै गइरहेको छ। ‘पहिले सयौं गाईवस्तु हुन्थे, गोठभित्र गाई बाँधेर राखिन्थ्यो, बिहान कोशीपारि चराउन पठाइन्थ्यो,’ गौतम भन्छन्, ‘आज गाई–भैंसी गनिन सकि

    • प्रकाशित मितिः असार ८, २०८२
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ घुन्सा नुनथलामा ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुदूधकुण्ड–७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत रहेका छन्। उनी विद्युत प्राधिकरणमा कार्यरत थिए। शनिबार दिउँसो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved