मिक्लाजुङको रमिते डाँडा: पर्यटनको नयाँ गन्तव्यको रूपमा उदाउँदै

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ पूर्वी नेपालको मोरङ जिल्लामा अवस्थित मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा प्राकृतिक सौन्दर्य, अनुपम दृश्यावलोकन र विविध मौसमी अनुभवको कारण पर्यटनको नयाँ गन्तव्यको रूपमा उदाउँदै छ।

इलाम, पाँचथर, धनकुटा र मोरङको संगमस्थल मानिने यो स्थानबाट एकैपटक सगरमाथा, कञ्चनजङ्घा सहित १४ वटा हिमशृङ्खलासँगै तराईको सुनौलो फाँट र पहाडी हरियालीको अद्भुत दृश्य देख्न सकिन्छ। लिम्बू भाषामा ‘मिक्लाजुङ’ को अर्थ नै ‘आँखाले धेरै टाढा देख्न सकिने ठाउँ’ हो, जुन यसको भौगोलिक विशेषतालाई स्पष्ट झल्काउँछ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहे पनि रमिते डाँडाको प्रचार–प्रसार भने अझै ओझेलमा छ। गत वर्ष मात्र आइतबारेसम्म सडक कालोपत्रे भएपछि यहाँको चहलपहल बढेको छ।

अझै ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। पूर्वाधार विकास, होमस्टे विस्तार र प्रभावकारी प्रचारमार्फत यो स्थान आन्तरिक मात्र होइन, भारतीय पर्यटकको पनि प्रमुख रोजाइमा पर्न सक्ने पर्यटन व्यवसायी ज्ञानमणि नेपाल बताउँछन्।

पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक भविश श्रेष्ठका अनुसार रमिते डाँडालाई ‘भर्जिन प्लेस’को रूपमा चिनाउँदै यसको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ। उनले भेरेटारदेखि रमितेसम्मको यात्रा अनुभव अविस्मरणीय हुने बताउँदै, “तल झापा–मोरङमा ३५ डिग्री तापक्रम हुँदा यहाँ २० डिग्री मात्र हुन्छ,” भने। बेलबारी, लेटाङ, राजा–रानी र कानेपोखरी हुँदै सहजै पुगिने बाटोले यो क्षेत्रलाई अझै आकर्षक बनाएको उनले बताए।

यहाँ घाम, पानी र हुस्सुको खेल एकै दिनमा देख्न पाइन्छ। दक्षिणतर्फको बतासे डाँडाबाट सूर्योदय अवलोकन श्रीअन्तुजस्तै मोहक छ। यहाँ प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ भने स्थानीयको भनाइमा यो स्थान पूर्वी तराईका मानिसको ‘सप्ताहन्त गन्तव्य’ बन्दै गएको छ।

मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलका अनुसार पछिल्लो एक वर्षमा जग्गा किनबेच र लगानीकर्ता दुवै बढेका छन्। योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सकिए रमिते डाँडा पूर्वी नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटन नक्सामा चम्किने पक्का छ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved