समाचार

    Showing १,४९१-१,५०० of १०,४१६ items.
  • मजदुर भवन निर्माणका लागि एकलाख दिने मेयर चिन्तन तामाङको घोषणा

    हिले /  धनकुटा नगरका मेयर चिन्तन तामाङले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय भवन निर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले मंगलबार हिलेमा आयोजना गरेको योजना कार्यशाला मार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका देशैभरी आफ्नै भवनहरु रहेका भएपनि संगठन स्थापना स्थल कोशी प्रदेश कमिटीको आफ्नै भवन पहिलो पटक बनाउन लागिएको र सबैको साथ सहयोगमा भवन निर्माण गरिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विषय प्रस्तुत गर्नुभएपछि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ६९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरायसी विवाद रक्तपातमा परिणत, एकको मृत्यु, एक घाइते

    सुनसरी/  मोरङको कानेपोखरीमा घरायसी विवादले रक्तपातको रूप लिँदा एक महिलाको मृत्यु भएको छ भने एक छिमेकी घाइते भएका छन्। कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको पतिको कुटपिटबाट मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार आइतबार राति करिब ८ बजे ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीलाई घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। कानमा गम्भीर चोट लागेर घाइते भएकी दुर्बीलाई तत्काल विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। तर सोमबार साँझ उपचारमै घर फर्काउने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पति–पत्नीबीचको झगडा रोक्न गएका ५० वर्षीय

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ५५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऐतिहासिक स्थल शिवजट्टाको प्रचारमा सम्बन्धित पक्ष उदासीन

    धरान/ धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । तर यस क्षेत्रको प्रवद्र्धनमा वडा समितिले पहल कदमी थालेको छ । शिवजट्टा धनकुटाको साँगुरीगढी गाउँपालकामा रहेको नमस्ते झरना भन्दा रमणीय हिसाबले कम छैन । पर्यटकीय स्थल शिवजट्टामा जोकोही जान नसक्नुको प्रमुख कारण सडक सञ्जाल हो । नजिकैको स्थान भएकोले धरान आसपासका सर्वसाधारण वनभोज खान, अत्याधिक गर्मीको समयमा पौडी खेल्ने प्रयोजनका लागि नमस्ते झरना रहने गरेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्ष

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ६५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–इटहरी ‘बजेट होलिडे’मा! राजनीतिक किचलोले उपमहानगर ठप्प

    धरान/ कोशी प्रदेशका दुईवटा मात्र उप-महानगरपालिका — धरान र इटहरी — अहिले ‘बजेट होलिडे’मा छन्। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसके पनि यी दुवै सहर अझै बजेटविहीन छन्, जसले दैनिक सेवा प्रवाहदेखि विकासका योजना र कर्मचारी भुक्तानीसम्ममा गम्भीर असर पारेको छ। धरानमा नगरप्रमुख हर्कराज राई साम्पाङ र उपप्रमुख इन्द्रविक्रम बेघाबीच लामो समयदेखि चलिरहेको विवाद नै बजेट प्रक्रिया अवरुद्ध हुनुको प्रमुख कारण बनेको जनस्तरको धारणा छ। श्रमदान कार्यक्रमदेखि प्रशासनिक निर्णयसम्ममा मतभेद हुँदा नगरसभामा बजेट पेस नै हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट पे

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ७६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–लेउती सुरुङमार्ग अध्ययन हुने, तमोरको पानी धरान ल्याउने सम्भावना: मुख्यमन्त्री कार्की

    धरान/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि ‘धरान–लेउती सुरुङमार्ग’को अध्ययन सुरु गरिने घोषणा गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी पदस्थापन कार्यक्रममा सोमबार बोल्दै उनले उक्त सुरुङमार्गमार्फत तमोर नदीको पानी समेत धरान ल्याउन सकिने प्रारम्भिक बुझाइ रहेको बताए। “यसपटक बजेटमा सुरुङमार्गको अध्ययनका लागि रकम विनियोजन गरेका छौं। भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” मुख्यमन्त्रीले भने। उनका अनुसार सुरुङमार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ। त

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ५६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको बोलबम सकियो : ज्येष्ठ नागरिक, अशक्त, महिलाले सहज रुपमा जल चढाए

    धरान/यस वर्षको बोलबम मेलामा धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई प्राथमिकता दिँदै सहज ढंगबाट जल चढाउने र पूजाआजा गर्ने व्यवस्था गरेको छ। लक्षित वर्गका भक्तजनले यो वर्ष सहजता अनुभव गरेको बताएका छन्। विगतका वर्षमा भीडभाडका कारण ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने गरेकोमा, यसपटक छुट्टै लाइन, आरामदायी पहुँच, लकर, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाको पुख्र्यौंदा व्यवस्था मिलाइएको समितिले जनाएको छ। झापाका पदम खड्का र मोरङका नवराज सुवेदीले अन्तिम सोमबारको बोलबममा सहज र व्यवस्थित वातावरण पाएकोमा समितिलाई धन्यवाद दिएका छन्। विराटनगरकी कौशिल

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर नेताद्धारा पत्रकार कोषमा सहयोग

    धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो । संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो ।  संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ५५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका लागि प्रदेश सरकारद्वारा निर्माण गरिएका ३ खानेपानी वेलको संयुक्त अनुगमन

    धरान/  कोशी प्रदेश सरकारले धरानको दीर्घकालीन खानेपानी आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण सम्पन्न गरेका ३ वटा खानेपानी इनारको आज संयुक्त अनुगमन गरिएको छ। प्रदेश सरकारले सेउति खोलाको चारकोसे जंगल क्षेत्रमा निर्माण गरेका ती इनारहरूबाट दैनिक करिब ६० लाख लिटर शुद्ध पानी आपूर्ति हुने अनुमान गरिएको छ।अनुगमन कार्यक्रमको क्रममा प्रदेशका माननीय सदस्यहरू, धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सिँचाइ मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका अधिकारी तथा धरान खानेपानी बोर्डका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।प्रदेश सरकारले निर्माण गरेका यी इ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वपश्चिम राजमार्गमा दुई सवारी ठोक्किँदा ४ जनाको मृत्यु, १५ घाइते

    इटहरी/  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज विहान दुई सवारी साधनको भिडन्त हुँदा दुःखद घटना भएको छ। मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, बस काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै थियो भने माइक्रोबस विपरीत दिशाबाट आइरहेको थियो।  घाइतेमध्ये १० जनालाई विराटनगरको गोल्डेन अस्पतालमा, एक जनालाई विराट टिचिङ अस्पतालमा, र बाँकीलाई न्युरो अस्पताल तथा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ७८ किलो गाँजा र ब्राउन सुगरसहित ४ पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको लागू औषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। पहिलो अपरेशनमा, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित ५० वर्षीय मुस्ताक मियाको टिनको छानो र बाँसको बेरा भएको घरमा खानतलासी गर्दा ७८ केजी (अठ्हत्तर किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उक्त गाँजा ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ का बलराम यादवलाई समेत पक्राउ गरिएको छ। साथै, पटेरको घारीमा लुकाइएका BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय म

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved