मजदुर नेताद्धारा पत्रकार कोषमा सहयोग

  • साउन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मजदुर नेता लक्ष्मी बानियाँले आफ्नौ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको अक्षय कोषमा दश हजार १ सय रुपैया प्रदान गरेको छ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बानियाँले आफ्नो ५० औँ जन्मदिनको अवसरमा सोमबार रकम हस्तान्तरण गरेको हो ।

संगठन धरान नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई मार्फत प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ राईलाई रकम हस्तान्तरण गरिएको हो । 

संगठनका केन्द्रीय अध्यक्ष राईले आफुहरु ३० वर्षदेखि मजदुर आन्दोलनका सहयात्री भएको बताउनुभयो । बानियाँ असहाय र दुःखीहरुको सहयोगमा सँधै तत्पर रहने उच्च मानवता भएको व्यक्ति भएको राईले बताउनुभयो । 

मजदुर नेता बानियाँलाई जन्मदिनको शुभकामना प्रदान गर्न कोशी प्रदेशका संस्थापक सभामुख प्रदीप भण्डारी, पूर्व सांसद जयकुमार राई, कोशी प्रदेश सभा सदस्यहरु विजय राई र रमेश बस्नेत, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, संगठनका केन्द्रीय, प्रदेश तथा नगर कमिटीका नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिति थियो

IMG-20250811-WA0004 IMG-20250811-WA0005 IMG-20250811-WA0006 IMG-20250811-WA0007 IMG-20250811-WA0008

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved