धरान–लेउती सुरुङमार्ग अध्ययन हुने, तमोरको पानी धरान ल्याउने सम्भावना: मुख्यमन्त्री कार्की

  • साउन २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि ‘धरान–लेउती सुरुङमार्ग’को अध्ययन सुरु गरिने घोषणा गरेका छन्।

सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी पदस्थापन कार्यक्रममा सोमबार बोल्दै उनले उक्त सुरुङमार्गमार्फत तमोर नदीको पानी समेत धरान ल्याउन सकिने प्रारम्भिक बुझाइ रहेको बताए।

“यसपटक बजेटमा सुरुङमार्गको अध्ययनका लागि रकम विनियोजन गरेका छौं। भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” मुख्यमन्त्रीले भने।

उनका अनुसार सुरुङमार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ।

तत्कालका लागि प्रदेश सरकारले डिपबोरिङमार्फत खानेपानी परियोजना सम्पन्न गरिसकेको र दशैं अघि नै आयोजना हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले जोगवनी–किमाथांका सडकको एलाइनमेन्ट टुंगो नलागेको विषयमा चिन्ता व्यक्त गर्दै, “धरान गेटवेको रूपमा भए पनि सडक जंगलमै टुंगिएको छ, अब नगर नेतृत्वदेखि उद्योगी–व्यापारी सबैले एकमत बनाउनुपर्छ,” भने।

धरानलाई धार्मिक, सांस्कृतिक केन्द्र र कोशी पहाडी जिल्लाको प्रवेशद्वारको रूपमा वर्णन गर्दै उनले धरानले दिने सन्देशले सिंगो कोशी प्रदेशमा प्रभाव पार्ने बताए।

कार्यक्रममा निर्वाचन समितिका संयोजक डा. राजेन्द्र शर्माले अध्यक्ष गोपाल श्रेष्ठसहित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए भने मुख्यमन्त्री कार्कीले प्रमाणपत्र वितरण गरेका थिए।

Sunsari u ma s Sapath

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved