यस बर्षको बोलबम सकियो : ज्येष्ठ नागरिक, अशक्त, महिलाले सहज रुपमा जल चढाए

  • साउन २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/यस वर्षको बोलबम मेलामा धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई प्राथमिकता दिँदै सहज ढंगबाट जल चढाउने र पूजाआजा गर्ने व्यवस्था गरेको छ। लक्षित वर्गका भक्तजनले यो वर्ष सहजता अनुभव गरेको बताएका छन्।

विगतका वर्षमा भीडभाडका कारण ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने गरेकोमा, यसपटक छुट्टै लाइन, आरामदायी पहुँच, लकर, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाको पुख्र्यौंदा व्यवस्था मिलाइएको समितिले जनाएको छ।

झापाका पदम खड्का र मोरङका नवराज सुवेदीले अन्तिम सोमबारको बोलबममा सहज र व्यवस्थित वातावरण पाएकोमा समितिलाई धन्यवाद दिएका छन्।

विराटनगरकी कौशिला पोख्रेलले सहज रुपमा जल चढाउन पाएकोमा खुशी व्यक्त गर्दै सबै भक्तजनलाई आशीर्वादसमेत दिइन्।

यस वर्षको बोलबम अवधिभर विभिन्न संघ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर, पानी र खाजाको व्यवस्था गर्दै भक्तजनलाई सहयोग गरेका थिए।

"हिँडौं धरान" अभियानका अभियन्ताले पहिलो सोमबारदेखि नै लाइन व्यवस्थापनदेखि खानेपानी र नास्तासम्मको सेवा गर्दै आएको बताए।

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार, यस वर्ष भक्तजनको भीड विगतका वर्षभन्दा धेरै थियो। नेपालका पूर्वदेखि पश्चिमसम्म मात्र नभई भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन आएका थिए।

घामपानीको पर्वाह नगरी वृद्ध–वृद्धादेखि युवा पुस्तासम्मको सहभागिताले पिण्डेश्वर मन्दिरको महत्व दिनप्रतिदिन बढ्दै गएको उनले बताए।

समितिले आगामी वर्ष यो वर्षभन्दा अझ सुविधासम्पन्न व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved