समाचार

    Showing 1,291-1,300 of 10,122 items.
  • कानुन ब्यवसायी परिषदबाट फौजदारी कानून विषयको आधारभूत तालिम सम्पन्न

    मोरङ/ फौजदारी कानुनका विविध विषयको आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ। मिति २०८२ साउन १ गते नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा डा विजय प्रसाद मिश्रबाट उद्दघाटन भएको फौजदारी कानून सम्बन्धी ७ दिने आधारभूत तालिम आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो। कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव वडालको प्रमूख आतिथ्यता तथा कानून व्यवसाय परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मूख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मूख्य न्यायाधिवत्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ति, मोरङ बार एशोसिएसन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुरानो अस्पताल विवाद: बीपी र साम्पाङबीच जुहारी चर्कियो

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रुष्ट बनेको छ। ‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने आशयसहित साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्तिलाई प्रतिष्ठानले ‘तथ्यहीन, भ्रामक र बदनियतपूर्ण’ भन्दै कडा आपत्ति जनाएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार व्यक्तिले ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छोराबाट बाबुको हत्या : सुनसरीमा घरेलु विवादले लियो ज्यान

    धरान/  घरेलु जग्गा सम्बन्धी विवादले सुनसरीमा एउटा परिवारमा भयावह मोड लिएको छ। देवानगञ्ज गाउँपालिका–२ मा छोराले छुरा प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्। सुनसरी प्रहरीका अनुसार ६० वर्षीय सचिव अन्सारीको हत्या उनका छोरा मोहम्मद रियाज अन्सारीले बुधबार बिहान गरेका हुन्। घरेलु जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। घाइते अवस्थाको सचिव अन्सारीलाई तत्काल विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार हत्या आरोपित छोरालाई नियन्त्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १७ मा लागूऔषधसहित एक जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध कारोबार भइ रहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले टिनको छाना र टाटीले बेरेको उदय लामाको घरमा सोमबार साँझ छापा मारेको हो। प्रहरी टोलीले घर खानतलासी गर्दा ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट बरामद गरेको जनाएको छ। घटनास्थलबाट धरान–१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 1,156 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रोजेक्ट कार्यान्वयन गर्न एमाले धरानको पहल, मेयरको वेवास्ताप्रति असन्तोष

    धरान/  कोशीबाट धरानमा खानेपानी ल्याउने महत्त्वाकांक्षी योजना अघि बढिरहेको बेला स्थानीय सरकार प्रमुखको वेवास्ताका कारण योजना अलपत्र पर्ने अवस्थामा पुगेको भन्दै नेकपा एमाले धरानले त्यसको कार्यान्वयनका लागि सक्रिय पहल थालेको छ। सोमबार एमाले धरानले पार्टी नेता, प्रदेश सांसद, र माथिल्लो कमिटीका नेताहरूको सहभागितामा आयोजना सम्पन्न एक विशेष बैठकले कोशी खानेपानी प्रोजेक्ट संघीय सरकारको पहलमा तत्काल कार्यान्वयन गर्न माग गरेको हो। बैठकमा कोशी प्रदेशका तीन सांसद—रमेश कुमार वस्नेत, विजय कुमार राई र यशोदा कायस्थ, पूर्व संघीय सांसद जयकुमार राई, प्रदेश सदस्य प्रकाश राई तथा एमाले सुनसरीका सद

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वरमा शिवजट्टाको पनि जल किन ?

    धनरा/  साउनको पहिलो सोमबारदेखि बोलबम सुरु भएसँगै धरानको पिण्डेश्वर मन्दिरमा धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थल शिवजट्टाबाट जल ल्याएर चढाउने परम्पराको सुरुवात भएको छ । सोमबारदेखि यो परम्पराको सुरुवात गरिएको हो । यसको अगुवाई धरान उपमहानगरपालिका वडा नम्बर १४ र १३ ले गरेर सोमबार विधिवत रुपमा वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र धरान १३ नेत्र काफ्ले सहितको जनप्रतिनिधीहरुले धरानको पिण्डेश्वर मन्दिरमा शिवजट्टाको पवित्र जल ल्याएर चढाउने परम्पराको शुरुवात गरेको बताएका छन् । १४ नम्बरका वडाध्यक्ष भट्टराईका अनुसार धरानको शिवजट्टा पूर्वी नेपालको

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी इचिङ्सा लिम्बु अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट ९ मा

    धरान/ अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता मेरो डान्स युनिभर्स मा धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु उत्कृष्ट ९ मा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनले निर्णायकहरू र दर्शकको मन जित्दै उत्कृष्ट ९ मा स्थान सुरक्षित गरेकी हुन्। अघिल्लो चरणदेखि सुरु भएको भोटिङ राउण्डमा निर्णायकको मूल्याङ्कन र जनमतका आधारमा उनले ५६६ अंक प्राप्त गरेकी थिइन्, जसले आगामी चरणमा अघि बढ्न सघाउनेछ। झापाको बिर्तामोडमा सम्पन्न अडिसनमार्फत प्रतिस्पर्धामा प्रवेश गरेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्। उत्कृष्ट १३ बाट स

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर व्यवसायीले बुझायो कानुनमा संशोधन सुझाव

    काठमाण्डौं/ सार्वजनिक यातायात बचाउका लागि संघर्ष समितिले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१, राष्ट्रिय यातायात नीति २०८१ र सडक सुरक्षा विद्येयक २०८१ मा संशोधनको प्रस्ताव सरकारलाई बझाएको छ । सार्वजनिक यातायात क्षेत्र बचाउ संघर्ष समिति गठन गरेर जेठ १९ र २० गते यातायात व्यवसायी र मजदुरहरुले आह्वान गरेको देशव्यापी हड्तालपछि सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा सार्वजनिक यातायात सुधारका लागि सुझाव सिफारिस कार्यदल गठन गरेको थियो । यातायात मजदुर तथा व्यवसायीका माग, मुद्धा र विषयहरु समेटेर तीनवटा कानुनका सम्बन्धमा व्यवसा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १ सय ३३ किलो गाँजासहित कार खेतमा फेला, चालक फरार

    रौतहट/ रौतहट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजासहित एक कार बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कार बाट १ सय ३३ किलो गाँजा फेला परेको हो। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मङ्गलवार बिहान चेकजाँचको क्रममा कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा कार भगाएका थिए।प्रहरीले तत्कालै पछ्याउँदा गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा सो गाडी फेला परेको उनले बताए। तर, कारमा सवार व्यक्ति भने उखुबारी हुँदै फरार भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रह

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 871 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटी बनाउने क्रममा आगो सल्किँदा एकै परिवारका चार जना जले

    धरान/ झापा जिल्लाको हल्दीबारी गाउँपालिका–४ स्थित ओली चोकमा मङ्गलवार बिहान भएको आगलागीमा एकै परिवारका ४ जना जलेर घाइते भएका छन्। आगलागी ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो तलामा रहेको भान्साकोठाबाट सुरु भएको हो। बिहान करिब ८:४० बजे रोटी पकाउने क्रममा आगो अचानक सल्किएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आगो नियन्त्रण गर्ने प्रयासमा घरधनी पुण्यप्रसाद ओलीसहित उनका छोरा सन्तोष ओली (३३), आर्यन ओली (२०) र बुहारी अनिता ओली (३२) घाइते भएका हुन्।पुण्यप्रसादको अवस्था मध्यम, भने बाँकी तीन जनाको अवस्था सा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved