धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्। राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ। धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चास
सुनसरी/धरानमा जेनजी आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड र आगजनीका घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै ६ जना पीडितले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् । भदौ २३ र २४ गते सम्पन्न भएको जेनजी आन्दोलनको नाममा, व्यक्तिगत रिसइवी साँध्ने उद्देश्यले योजनाबद्ध रुपमा तोडफोड र आगजनी भएको दावी गर्दै उनीहरूले १३ जना भन्दा बढीको नाममा जाहेरी दिएका हुन् । जाहेरी दर्ता गर्नेहरूमा पूर्व संघीय सांसद जयकुमार राई, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, पूर्व उपम
धरान/ धरान उपमहानगरपालिका–५ ठिङवारीकी १२ वर्षीया उपमा चुहानको उपचारकै क्रममा मृत्यु भएको छ। बुधवार बिहान करिब ९ः३० बजे आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी उपमालाई आफन्तहरूले तत्कालै पासो काटी उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुर्याएका थिए। गम्भीर अवस्थामा रहेका कारण उनलाई थप उपचारका लागि बेलुकी ६ः२० बजे विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। तर, राति ११ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उपमाको शव अहिले विराट टिचिङ अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुनसरी/जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–४ बसचौक नजिक विशेष सूचनाका आधारमा दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। बुधबार साँझ ५ बजे पक्राउ परेकामा रामधुनी–५ का १७ वर्षीय दिप्सन कार्की र इनरुवा–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन्। प्रहरीका अनुसार कार्कीको साथबाट ब्राउन सुगर १.७४ ग्राम पदार्थ र ४४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी/ आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । मानव सभ्यता हरेक चरणमा सृजनात्मक कर्म र नव(निर्माणमा आधारित छ। घर, मन्दिर, नगरी, पुल, मेसिन, औजार र सम्पूर्ण प्रविधि हाम्रो जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि निर्मित गरिएका हुन्। यस्तो सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति मानिन्छन् भगवान् विश्वकर्मा।विश्वकर्मालाई प्राचीन ग्रन्थहरूमा देव शिल्पी अर्थात् “देवताका वास्तुविद्” भनेर सम्बोधन गरिएको छ। हिन्दु धर्मशास्त्रका अनुसार,
धरान । जेनजी समुहको नाममा धरानमा तोडफोड र आगजनी गरेर अराजकता गतिविधी गर्नेलाई धरानका स्थानीयवासीले प्रहरीमा वुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय धरानमा स्थानीवासीले नै प्रहरीमा वुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले बताए । अनुसन्धानका लागि दुई जना रहेको डिएसपी जवेगुले बताए । उक्त घट्नामा संलग्नता भएको भिडियो र तस्वीर सार्वजनिक भएपछि धरानका मिलन राई लगायत तीन जनाले आफुहरुको स)लग्नता रहेको स्वीकार गरि सकेका छन् ।जेनजीको नाममा अराजक गर्नेहरुको पहिचान गरि दोषीलाई कार्वाही गर्न सर्वत्र माग उठिरहेको छ ।प्रहरीले नाम भने खुलाएको छैन ।
कोशीपत्र संवाददाताधरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ । गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् । धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्
धरान ।सुनसरीको धरान ६ पानबारीमा जंगली हात्तीको आतंकले जनजीवन प्रभावित भएको छ । जंगली हात्ती गाउँ पसेर घर भत्काईदिने,अन्नबाली खाईदिएर दुख दिन थालेपछि जनजीबन कष्ट बन्दै गएको हो ।हात्तीले हैरानी पारेपछि पानबारीवासीहरु जो जंगल आसपास वसोबास गर्छन उनीहरु रातभरी निदाउन सकिरहेका छैनन् । धन जनको क्षेति हुने डरले हात्ती प्रभावित स्थानका वासिन्दा जाग्राम वस्ने गरेको पीडितहरुको भनाई छ । सोमबार बेलुकी साढे आठ वजे जंगलबाट गाउ आएको हात्तीले दुई घर भत्काउनुको साथै अन्नबाली समेत नष्ट गरि दिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडा सदस्य हरि राईले दिएको जानकारी अनुसार सोमबार आएको जंगली हात्तीले धरान
सुन्दरहरैंचा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ। आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा /
काठमाडौँ/ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिँदै भदौ २३ र २४ गतेको आन्दोलनमा अहिले सम्म ७३ जनाले ज्यान गुमाएको पुष्टि गरे। प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन्। त्यसैगरी, नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका छन्। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव स