झापा/ बडादसैँ अन्तर्गतको नवरात्रि पर्व आज आठौँ दिन मनाइँदैछ। यस दिन देवी दुर्गाको अष्टम स्वरूप महागौरीको विशेष पूजा–अर्चना गरिन्छ। श्वेत वस्त्रधारी, शान्त र सौम्य स्वरूपकी महागौरी शुद्धता, करुणा र मोक्षकी प्रतीक मानिन्छिन्। चार भुजासहितको उनको प्रतिमा वृष वाहनमा आरूढ रहन्छ। भक्तजनहरूले आज बिहानै स्नान गरी उज्यालो रङका वस्त्र लगाएर दीप, धूप, पुष्प, फलफूल र मिठाई अर्पण गर्दै महागौरीको आराधना गरेका छन्। पौराणिक मान्यताअनुसार महागौरीको पूजा–आराधनाले पाप विकृतिहरू नाश हुने, गृहस्थ जीवनमा सुख–शान्ति छाउने र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। विशेष गरी कन्या पूजन (कुमारी पूजा)लाई
धरान/सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्धविहारस्थित क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय विव्सन राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँच गर्दा उनको साथबाट अबैध लागुऔषध गाँजा २७५ केजी फेला परेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा/आज बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात् सप्तमीमा शक्तिस्वरूपा कालरात्री देवीको पूजा–आराधना हुँदैछ। कालो वर्णकी, तीन नेत्र भएकी, चार हातमा तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी तथा गधा वाहन चढेकी देवी कालरात्रीलाई दुर्जन शक्तिको नाशकर्त्री मानिन्छ। उनको स्वरूप भयानक देखिए पनि भक्तजनलाई शुभफल दिने भएकाले शङ्करी नामले पनि चिनिन्छन्। मान्यतानुसार, कालरात्रीको स्मरण मात्र गर्दा दानव, दैत्य, राक्षस र भूतप्रेत भाग्छन्। भक्तलाई साहस, धैर्य र आत्मविश्वास दिलाउने तथा भय नष्ट गर्ने शक्तिकी रुपमा कालरात्रीलाई पूजिन्छ। जीवनमा आउने ठूला संकट टार्न पनि आजको दिनको आराधनालाई विशेष म
दाङ / घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा रहेका छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उनले भने, “बाहिरी देश
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७ स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८२ असोज ११ गते साँझ करिब ६:४० बजे रेल्वेतर्फ जाँदै गरेको प्र–१–०२–०५२ प ५१४६ नं. को स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी करिब ५० वर्षीया महिलालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था नाजुक थियोे । उपचारका क्रममा मिति २०८२ असोज १२ गते राति करिब २:३० बजे उनको मृत्यु भएको हो। मृतकको पहिचान धरान–१७
सुनसरी/ लागू औषध नियन्त्रण अभियानअन्तर्गत सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा छाडिएको अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएको उक्त गाँजाको तौल ६३७.४५ केजी (छ सय सैतिस किलो पैतालिस ग्राम) छ। बरामद पदार्थलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं/ बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ। नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ
काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको उपज भएको आरोप लगाउँदै केही नेताको पासपोर्ट रोक्ने तयारीप्रति आक्रोश पोखेका छन्। बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले भने, “अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के सोचेकै हो?” ओलीले सरकारलाई पारदर्शिता देखाउन चुनौती दिँदै भने, “कर्मचारीलाई दिएका निर्देशनदेखि प्रहरीलाई गरेका आदेशसम्म सबै रेकर्
धरान/ लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ । सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लाग
काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा अध्यक्ष ओली, उनकी पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अध्यक्ष ओलीले सो कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।