धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा इलामलाई ८०–७३ अंकले पराजित गर्दै सुनसरीले छैटौं पटक लगातार च्याम्पियन बन्न सफल भएको हो । धरान बास्केटबल संघको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगितामा सुनसरीले फाइनलमा रोमाञ्चक जित निकालेको हो । खेलको पहिलो क्वाटरमा इलामले २५–११ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा सुनसरीले १६–१५ अंक जोड्दा पहिलो हाफमा इलाम ४०–२७ ले अघि थियो । तेस्रो क्वाटरमा सुनसरीले उत्कृष्ट प्रदर्शन गर्दै ३१–११ को अग्रता लियो । अन्तिम क्व
धरान/ धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप केही बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध गरेपछि स्थानीयहरु आक्रोशित बन्दै प्रहरी चौकी निर्माण रोक्न नहुने बताउदै आएका छन् ।स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा प्रहरी चौकी निर्माण गर्ने निर्णयसँगै निर्माणको काम शुरु भए
चतरा/ समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस्तीको जीवनशैली पनि बदलिँदो छ। विगत एक सय वर्षमा कोशी नदीले पटक–पटक धार परिवर्तन गरेसँगै यहाँको समाज र जीविकोपार्जन शैलीमा पनि ठूलो फेरबदल आएको छ। वयोवृद्ध आनन्दप्रसाद गौतमका अनुसार सन् १९८५ मा कोशी पूर्वी तट हुँदै बग्थ्यो। बर्सेनि बाढीले धार फेरिरहँदा बस्तीहरू पनि सर्न बाध्य भए। यस क्षेत्रमा कृषि र पशुपालन नै मुख्य पेशा भए पनि परम्परागत गोठालो पेशा भने विस्तारै हराउँदै गइरहेको छ। ‘पहिले सयौं गाईवस्तु हुन्थे, गोठभित्र गाई बाँधेर राखिन्थ्यो, बिहान कोशीपारि चराउन पठाइन्थ्यो,’ गौतम भन्छन्, ‘आज गाई–भैंसी गनिन सकि
सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ घुन्सा नुनथलामा ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोलुदूधकुण्ड–७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत रहेका छन्। उनी विद्युत प्राधिकरणमा कार्यरत थिए। शनिबार दिउँसो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ/ आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने। नेपाली युवकहरूलाई फसा
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–८ मा सर्पले टोकेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहमद कासिमकी छोरी नविजन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार नविजन आफ्नै घरको आँगनमा खेल्दै गर्दा दाहिने खुट्टाको घुँडामुनि सर्पले टोकेको थियो। कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन। सर्पदंशपछि घाइते बालिकालाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो ३:४० बजे नविजनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइ
बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ जिन्दगिको अनेक रङ्गले यो जिन्दगी पनि रङ्याउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ अनेकौ जिन्दगिबिच केही जिन्दगी चिन्नु छ लौ जे जस्तो भए पनि पराइ र आफन्तसङ त मिल्नु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ पर्याप्तता अभावको आखिर महसुस गर्नु छ प्रेम र घृणाको स्वाद अझि स्व्पान गर्नु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ जिन्दगिको प्रतिस्पर्धामा अझ कति जित्नु र हार्नु छ एकै छिन दिल दिएर हसाउनु छ अनि फेरि खोसेर रुवाउनु छ बिहानी त हुन्छ नै भोलि फेरि हिड्नु छ आफू मातहत भएका
धरान/ विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ। धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए। ‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धत
धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ। भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको केन्द्रीय लेखा आयोग सदस्य डिबी शाहशंकरले बताए । उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार
सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न वराहक्षेत्र उप-मेयर कप नगरस्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं ३ ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा वडा नं ७ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो। उपाधिसँगै वडा नं ३ ले नगद ७१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता वडा नं ७ ले नगद ४५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्यो। वराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा फाइनल खेलको म्यान अफ द म्याच वडा नं ७ का अनिस बिष्ट घोषित भए। त्