स्थानीय

    Showing 41-50 of 1,948 items.
  • दलित लक्षित नेतृत्व बिकाश तालिम

    धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकाका दलित संघ संगठनका प्रतिनिधीहरुका लागि दुई दिने नेतृत्व क्षमता बिकाश तालिम बिहिबार देखि धरान शुरु भएको छ ।धरान उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट संघसंगठनका प्रतिनिधीहरुलाइ तालिम प्रदान गरिएको हो । धरानमा क्रियाशिल १४ वटा दलित संघसंगठनका प्रतिनिधि सहित २० वटै वडाका दलित समुदायका महिला सदस्यहरुको उपस्थिति रहेको थियो । राज्यले संविधानमा उल्लेख गरेको हक अधिकारलाइ वडा स्तर सम्म पुर्याउन संगठनहरुको मुख्य भुमिका रहने भएको ले तालिमको आयोजना गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनले भने, ञराज्

    • प्रकाशित मितिः बैशाख २१, २०८१
    • 124 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एचआइभि संक्रमित परिवारलाई १० न. वडाको सहयोग

    धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी संक्रमित चार परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन । धरान १० न..वडाको सहकार्यमा धरान पोजिटिभ समुहले करिव २५ हजार रुपैया वरावरको आद्यन्न र जिविकापार्जनका लागि जनहि नगद १० हजार सिड मनि प्रदान गरिएको थियो । सहयोग रकम र सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि धरान १० न. वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, राष्ट्रिय एचआइभि एड्स प्रदेश संयोजक रोमन राई लगायतले वितरण गरेका थिए । यसैगरि धरान पोजिटिभ समुहले यहि वैशाख २५ गते एचाआइभि एड्स तथा लागुऔषध संवन्धि सचेतनामुलक कार्यक्रको अयोजना गर्न लागेको राष्ट्रिय एच

    • प्रकाशित मितिः बैशाख २१, २०८१
    • 303 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रगेटको सौन्दर्यकरण तथा सडक स्तरउनतीकाे काम सुरु

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन्द्र चक्रघट्टी स्थित मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यकरणका सहित स्तरउनती काम सुरु भएको छ । संघिय सरकारले संघीय आयोजना कार्यान्वयन ईकाई मोरङ्ग बिराटनगर मार्फत ठेक्का प्रकृयाबाट उक्त काम सुरु भएको हो । सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोडबाट बिनियोजन समेत गरेको थियो । उक्त मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक साइकल लेन सहितको सौन्दर्यकरणका सहित सडक स्तरउनती काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले बताए । वराहक्षेत्र नगरपालिकालाई नँया शहरको रुपमा बिकास गर्न वडा नं ६ चक्रघ

    • प्रकाशित मितिः बैशाख २१, २०८१
    • 130 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफुले पाएको मत पहिचान को लागि महत्त्वपुर्ण : थेगिम

    इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् । उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे । ‘निर्वाचनमा सहभागी हुनु भनेको हाम्रो अन्दोलनकै एउटा गतिविधि थियो, हाम्रो आन्दोलन जारी छ’, थेगिममले भने । १५ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ म

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • 167 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको राष्ट्रिय चरो डाँफे जोडी भेटियो

    काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ । लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ,दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्बिर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • 161 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क

    काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । ‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धानका लागि अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो । सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ । दुवै निर्णय औपचारिक रुपम

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • 155 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मे दिवसमा सडक दुर्घटना न्युन गर्न अभियान

    काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएकोछ । मंगलबार विहान ७ बजे काभ्रेको धुलिखेल बसपार्कमा चालक, सहचालकमाझ उभिएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै फैलिरहेको स्मरण गराउनुहुँदै प्रत्येक दिन ७ देखि ८ जनाको ज्यान गइरहेको र सरदर दैनिक ४० जना घाइते भइरहेको र प्रत्येक वर्ष २ हजार ८ सय ८० जना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्दै यातायात मजदुरहरु सचेत हुनपर्ने बताउनुभयो । सडक दुर्घटनाका धेरै कारण छन् सडकको अवस्था, सवारीसाधनको चाप,

    • प्रकाशित मितिः बैशाख २०, २०८१
    • 104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको जिम्मा सुहाङको, सुहाङको जिम्मा मेरो :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इलामको विकासको जिम्मा सुहाङले गर्ने बताएका छन । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिने बताए । सुहाङले जितेसँगै यो जिल्ला अब सबै हिसाबले अगाडि बढेको बताए । ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको भन्दै ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन उनले भने, मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्रै छ ।’ उनले ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । कोशी प्रदेश

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • 169 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ उप निर्वाचन १६ जना उममेद्वारकोे जमानत जफत

    इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । ०७९ सालको निर्वाचनमा खड्का

    • प्रकाशित मितिः बैशाख १९, २०८१
    • 123 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको विजय सभालाई ओलीले सम्बोधन गर्ने

    इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।    

    • प्रकाशित मितिः बैशाख १८, २०८१
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved