इलामको जिम्मा सुहाङको, सुहाङको जिम्मा मेरो :ओली

  • वैशाख १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इलामको विकासको जिम्मा सुहाङले गर्ने बताएका छन ।

इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिने बताए ।

सुहाङले जितेसँगै यो जिल्ला अब सबै हिसाबले अगाडि बढेको बताए ।

ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको भन्दै ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन उनले भने, मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा एमालेसँग मात्रै छ ।’

उनले ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए ।

कोशी प्रदेश सबैको साझा भएको भन्दै ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं र यसरी नै समाज र देश बनेको छ ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ उनले भने, ‘हामी सबै नेपाली हो ।

पहिले पनि मेची, कोशी, बागमतीलगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved