नयाँ निलो यामाहा एक्सएसआर १५५ सार्वजनिक

  • असोज २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरिएन्ट धरानमा सार्वजनिक गरेको छ ।

विहिबार नेपाल यातायात व्यवसायी महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले उदघाटन गरेका थिए ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले धरानस्थित आधिकारिक सोरुम विजयपुर ट्रेडर्समार्फत नयाँ निलो एक्सएसआर १५५ बजारमा ल्याएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि नयाँ एक्सएसआर १५५ अब धरानको मोफसलकै पहिलो ‘ब्लु स्क्वायर’ सोरुममा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

नयाँ भेरिएन्ट आएपछि धरान तथा आसपासका ग्राहकले विजयपुर ट्रेडर्समै पुगेर मोटरसाइकलको अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन् ।

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनका रूपमा प्रस्तुत गरिएको एक्सएसआर १५५ मा भिभिए प्रविधियुक्त १५५ सीसी लिक्विड कुल्ड इन्जिन र ६ स्पिड गियर ट्रान्समिसन रहेको छ । मोटरसाइकलले दैनिक यात्रा, हाइवे राइड तथा लामो दूरीको यात्राका लागि पावर र स्थिरताको अनुभव दिने कम्पनीको दाबी छ ।

यसअघि कालो, रातो र सिल्भर रंगमा उपलब्ध हुँदै आएको एक्सएसआर १५५ अब नयाँ निलो रंगमा समेत उपलब्ध भएको हो ।

नयाँ निलो भेरिएन्टको मूल्य रु. ५ लाख ३४ हजार ९ सय तोकिएको छ ।

विजयपुर ट्रेडर्सका प्रमुख प्रभाव खतिवडाका अनुसार धरान तथा आसपासका राइडर र यामाहा पारखीलाई नयाँ लुक, रंग र आधुनिक फिचरसहितका मोटरसाइकल उपलब्ध गराउने उद्देश्यले नयाँ भेरिएन्ट सार्वजनिक गरिएको हो ।

श्रेष्ठ र काफ्लले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

टीभीएसको महाएक्सचेञ् ...

इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरि ...

भरुवा बन्दुकसहित एक ...

धरान/ मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधार ...

लागूऔषधसहित सुनसरीबा ...

सुनसरी/ सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ला ...

धरानमा खेल्ने क्रममा ...

धरान/ धरान–१५ दन्तकाली चोकमा घरको छतबाट खसेर गम्भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved