११ लाख ३० हजारभन्दा बढीका सामान मोरङका विभिन्न स्थानबाट बरामद

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल पार्ट्स तथा किराना सामान सोमबार मोरङका विभिन्न सीमा क्षेत्रबाट बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको टोलीले ती सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग तथा बीओपी जहदा भुटाहाबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएका सामान फेला पारेको थियो।

बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

रामधुनीमा माउन्ट समि ...

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा ...

पाँचथरमा खुकुरी देखा ...

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक ...

मुलघाटबाट लागुऔषधसहि ...

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दु ...

बजेट रोकिएपछि पूर्वा ...

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved