इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इनरुवा नगरपालिका–१० जल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शनिबार बिहान करिब ३ बजे उक्त स्थानमा निगरानी गरेको थियो।
सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव को को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पिकअपसहित बरामद पदार्थ र यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।