धरानको विजयपुरमा इतिहास र पहिचान जोगाउने महाअभियान, असोज १० र ११ गते ‘याक्थुङ विजयपुर सम्मेलन’

  • असोज २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व र सांस्कृतिक पहिचान संरक्षणका लागि ‘याक्थुङ विजयपुर सम्मेलन’ आयोजना हुने भएको छ।

दरबार परिसर संरक्षण सङ्घर्ष समितिले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १० र ११ गते धरान–१९ स्थित लाङघाली सामुदायिक वनमा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो।

सम्मेलनमा विजयपुर क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व, सांस्कृतिक पक्ष, संरक्षणको वर्तमान अवस्था तथा भावी योजनाबारे विज्ञ, इतिहासकार, अनुसन्धानकर्ता र सरोकारवालाबीच गहन छलफल गरिने समितिले जनाएको छ।

सम्मेलनमा इतिहास, पुरातत्त्व, संस्कृति तथा संरक्षण क्षेत्रका विज्ञसहित लेखक, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व र स्थानीय सरोकारवालाको सहभागिता रहनेछ।

किरात तथा सेनकालीन इतिहाससँग जोडिएको विजयपुरलाई महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा प्रस्तुत गर्दै समितिले यसको वैज्ञानिक अध्ययन, उत्खनन, अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।

समितिका प्रवक्ता अमित थेबेले विजयपुर क्षेत्रमा रहेका चिन्डो, त्रिशूल, सिलाम साक्मालगायत सांस्कृतिक प्रतीक तथा सम्पदाको अपनत्व र स्वामित्वबारे देखिएका मतभेदलाई ऐतिहासिक तथ्यका आधारमा संवादमार्फत समाधान गर्ने सम्मेलनको उद्देश्य रहेको बताए।

उनका अनुसार विजयपुरलाई साझा सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्ने विषयमा त्रिपक्षीय छलफलसमेत भइरहेको छ।

अव्यवस्थित बसोबास तथा नयाँ कङ्क्रिट संरचना निर्माणका कारण ऐतिहासिक अवशेषमा असर पर्न सक्ने भन्दै समितिले तत्काल वैज्ञानिक अध्ययन र संरक्षणको आवश्यकता औँल्याएको छ।

सम्मेलन सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सम्मेलनसम्बन्धी जानकारी संरक्षण समितिका अध्यक्ष तीर्थ मादेम्बा र प्रवक्ता तथा विचार विभाग प्रमुख अमित थेबेद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

मेघा हिमालयनका सुहान ...

धरान/  धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा ...

बराहक्षेत्रमा संविधा ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान द ...

सुनसरीमा १ हजार ४५४ ...

इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बराम ...

धरान मेघा हिमालयनमा ...

धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved