धरानमा नगर सरकार छ, तर सडक बेवारिसे

  • पुस ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  “कालोपत्रे सहर” भनेर चिनिने धरान आज आफ्नै पहिचानमाथि प्रश्न उठ्ने अवस्थामा पुगेको छ ।

नगर सरकार छ, जनप्रतिनिधि छन्, बजेट पनि छ — तर धरान–१२ चतरालाइनदेखि धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जाने मुख्य सडक भने आज बेवारिसे बनेको छ ।

धरान–१२ चतरालाइनबाट धरान–१७ रेल्वे हुँदै धरान–११ मंगलबारे पुग्ने यो व्यस्त सडकखण्ड अहिले कालोपत्रे होइन, खाल्डाखुल्डीको जालो बनेको छ । धरान उपमहानगरपालिकाको गेट अगाडिको ठूलो खाल्डा केही समयअघि पुरिए पनि त्यसपछि आपगाछीसम्मको करिब दुई किलोमिटर सडक अझै पनि उस्तै दयनीय अवस्थामा छ ।

स्थानीय बासिन्दा आक्रोशित छन् । “हामी कर तिर्छौँ, तर सास्ती सडकले दिन्छ,” एक स्थानीयले गुनासो गरे । उनका अनुसार सडक मर्मत नहुँदा पैदलयात्रीदेखि सवारी चालकसम्म सबै जोखिममा परेका छन् ।

सवारी चालकहरू भन्छन्— खाल्डा बचाउन खोज्दा अर्को सवारीसँग ठोक्किने अवस्था आउँछ । यसले ठूला दुर्घटना निम्त्याउने खतरा बढाएको छ । गत असोजमा परेको अविरल वर्षाले क्षतिग्रस्त बनेका सडकका खाल्डाखुल्डी अहिलेसम्म टालिन नसक्नु नगर सरकारको उदासीनताको प्रमाण भएको उनीहरूको आरोप छ ।

यो सडक दैनिक सयौँ सवारी साधनले प्रयोग गर्छन् । विशेष गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने एम्बुलेन्स, बिरामी बोकेका गाडी र आपतकालीन सेवाका लागि यही सडक जीवनरेखा हो । तर यही जीवनरेखा आज जोखिमको बाटोमा परिणत भएको छ ।

धरानवासीको प्रश्न सीधा छ—
“नगर सरकार भए पनि, जनताको ज्यानभन्दा ठूलो बेवास्ता किन ?” तर यस गम्भीर समस्यातर्फ सम्बन्धित निकायको ध्यान अझै पुग्न सकेको छैन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved