कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदैः कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्‍याउन सकिने

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ ।

नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ ।

मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पु-याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्यमशीलतालाई बलियो बनाउन सक्ने साझा मञ्च पनि हो ।’

कसले भाग लिन सक्छ ?

पिचफेस्टमा कोशी प्रदेशमै व्यवसाय गरिरहेका जो कोही पनि सहभागी हुन सक्नेछन् । चाहे कृषि क्षेत्रमा काम गर्ने, घरमै अचार, पोते, केक वा चकलेट उत्पादन गर्ने, वा प्रविधि प्रयोग गरेर स्मार्ट समाधान बनाउने उद्यमी किन नहोस् सबैलाई खुला अवसर दिइएको छ । तर, सहभागी हुने प्रमुख सर्त भनेको कामको ‘वर्किङ प्रोटोटाइप’ हुनु आवश्यक छ । केवल आइडिया मात्र प्रस्तुत गरेर दर्ता गर्न पाइने छैन ।

फाइदा के छ ?

सहभागी उद्यमीहरूले २ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर त पाउनेछन् नै, साथै हजारौँ मानिसमाझ आफ्नो व्यवसायलाई चिनाउने अवसर पनि पाउनेछन् । छानिएका उद्यमीहरूलाई मञ्चले स्थापना गर्न लागेको इन्क्युबेशन सेन्टरमा विशेष मार्गदर्शन, कानुनी तथा वित्तीय परामर्श, तालिम, र उद्योगपतिहरूसँग प्रत्यक्ष नेटवर्किङ गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसरी, पिचफेस्ट उद्यमीलाई व्यवसाय सुरु गर्ने मात्र होइन, सफलतापूर्वक अघि बढाउने जग बसाल्ने प्लेटफर्म बन्नेछ । पिचफेस्टमा भाग लिन कुनै शुल्क लाग्दैन । इच्छुकले वेबसाइटमार्फत आफ्नो तथा व्यवसायसम्बन्धी आधारभूत विवरण भरी सजिलै दर्ता गर्न सक्नेछन् । दर्ता भाद्र १० गतेसम्म खुला रहने प्रधानले बताए ।

फाइनलमा पुग्ने उत्कृष्ट तीन व्यवसायलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि नगद पुरस्कार प्रदान गरिनेछ । जसका लागि पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउने छन् ।

प्रधानका अनुसार पिचफेस्टलाई अडिसन र फाइनल गरी दुई चरणमा सञ्चालन गरिनेछ । अडिसन राउन्ड (भाद्र १४) दर्ता भएका २० व्यवसायमध्ये छनोट गरिएका उद्यमीहरूले आफ्नो व्यवसायको प्रस्तुति दिनेछन् । अङ्कका आधारमा उत्कृष्ट ८ व्यवसायलाई फाइनलका लागि छनोट गरिनेछ ।

फाइनल राउन्डः फाइनलमा पुगेकाहरूलाई एक दिने विशेष तालिम प्रदान गरिनेछ, जसमा स्टेज प्रस्तुति कौशलदेखि पिच डेक तयार गर्नेसम्मका विषय समावेश हुनेछन् । फाइनलमा उद्यमीहरूले विज्ञ निर्णायकहरू सामु आफ्नो व्यवसायको कथा र सम्भावना प्रस्तुत गर्नेछन् । यी प्रस्तुति भिडियोमार्फत डिजिटल प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रधानले भने, ‘हामी उद्यमशीलतालाई प्रतिस्पर्धा मात्र नभई सहकार्य र सिकाइको प्रक्रिया बनाउन चाहन्छौँ । पिचफेस्टले प्रदेशका युवा उद्यमीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौँ ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved