मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्धारा ३० हजार सहयोग

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको भवन निर्माण अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद ३० हजार सहयोग गरेर अभियानलाई साथ दिएकाछन् ।

बुधबार संगठन कोशी प्रदेश कमिटीले आयोजना गरेको यातायात मजदुर भवन निर्माण सम्बन्धी प्रदेश स्तरिय अगुवा भेलामा केन्द्रीय अध्यक्ष राईले ३० हजार दिने घोषणा गरेकाहुन् ।

इटहरी स्थित टाफिक प्रहरी कार्यालय उत्तरतर्फ पूर्व पश्चिम राजमार्गसंगै जोडिएको संगठनको दश धुर जग्गामा संगठनले दुइतले भवन बनाउने तयारी स्वरुप बुधबार इटहरीमा भेला आयोजना गरेको संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामाले जानकारी दिए ।

भवनको तल्लो तलामा ४ कोठा र माथिल्लो तलामा एउटा हल सहित ३ कोठा रहने संगठनका सचिव महेश घिमिरेले जानकारी दिए । आउदो अशोज १ गते विश्वकर्मा पूजाकोदिन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको बाहुलीबाट शिलान्यास हुने र ६५ लाख लागतमा बन्ने भवन निर्माणमा करिव डेढ वर्ष समय लाग्ने संगठनका प्रदेश कमिटीका कोषाध्यक्ष काजी राईले जानकारी दिए ।

प्रदेशभरी ३६ वटा जिल्ला, पालिका र इकाई कमिटीहरु रहेको संगठन कोशी प्रदेश कमिटीले ५० प्रतिशत आफ्नै स्रोतसाधन र बाँकी सहयोगी शुभेच्छुकहरुको सहयोगमा भवन निर्माण सम्पन्न गरिने प्रदेश अध्यक्ष लामाले बताए ।

२०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको संगठन हाल देशव्यापी संगठन संरचना भएको देशकै पुरानो र प्रभावशाली संगठन हो ।

बुधबार इटहरीमा सम्पन्न कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, संगठनका केन्द्रीय उपमहासचिव देवी भट्टराई, केन्द्रीय सदस्यहरु, कोशी प्रदेशका पूर्व अध्यक्षहरु र मातहत कमिटीका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागी रहेका थिए ।

majdur koshipatra majdur itahari koshipatra 1000047035

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved