सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा प्रहरीले विशेष अभियान सञ्चालन गरी १७.०३ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब ९ः३० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ७७७२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल लिम्बु र ऐ.ऐ. बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्। चेकजाँचका क्रममा विशाल लिम्बुले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved