देशका नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दै

  • साउन २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  देशको राजनीतिक परिस्थितिका बाबजुद देशका नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहुन्जेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् ।

लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी ।

यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोकेरै तालिम लिई रहेका छन् ।

भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उनको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण वेरोजगारी भइने डर र रोजगारी पाइहाले हातमुख जोर्न नै मुस्किल हुने बुझेर उनी अहिले लाहुरेका लागि तयारी गर्दै गरेको बताउँछन्।

विहान र बेलुका उनी ट्रेनिङ सेन्टरले गरेको तालिममा सहभागी भइरहेका छन् । उनी कक्षा १२ मा अध्ययन गर्दै गरेका ताप्लेजुङका सुजन लिम्बुले समेत पढाईभन्दा लाहुरेमै भविष्य देखेर लाहुरे बन्ने सपना बुनेर धमाधम तालिम लिइरहेको बताए ।

धरान १८ व्रेफ गोरखा ट्रेडिङ सेन्टरमा तालिम लिइरहेनु भएका उहाँको पहिलो उद्देश्य भनेको सिंगापुर पुलिस नै नबन्ने हो । सिंगापुर पुलिसमा नभएमात्र अर्कोपटक उहाँ व्रिटिश, इन्डिन आमीमा भिड्ने बताउँछन् ।

धरानमा धरान लगायत पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, सुनसरी, मोरङ लगायत मधेश प्रदेशबाट समेत तालिम लिन आउने गरेको ट्रेनिङ सेन्टरका सञ्चालकहरु बताउँछन् । धरानमा ७० भन्दा बढी ट्रेनिङ सेन्टरहरु रहेका छन् ।

नेपालमा रोजगारी नपाइने भएकोले लाहुरेमा भविष्य देखेरै यसमा लागेको तालिम लिइरहेका अर्का युवक जेनिस राई बताउँछन् । नेपालमै आत्मनिर्भर बन्ने खालको नेपालकै रोजगारी पाउन सके युवा पुस्ता विदेशमा गएर दुःख गर्नु नपर्ने उनको भनाई छ ।

ब्रेफ गोरखा ट्रेनिङ सेन्टरका सञ्चालक उमेश राईले पछिल्लो समय लाहुरेमा सपना बोक्ने युवाहरुको जमात धेरै भएको बताउँछन् । वास्तबमै पछिल्लो समय युवा पुस्ता लाहुरे भएर विदेशी भूमिमा गएर दुःख गर्नुको पछाडि परिवारलाई सुखी राख्नुमात्र हैन भविष्यमा निवृत्तभरण भइसकेपछि भने लाहुरेलाई दिने पेन्सन, सुविधाले बाचुञ्जेल खान लाउनमा कुनै दुख नगर्नुपर्ने भएकोले पनि युवा पुस्ता लाहुरेतर्फ आकर्षित भएका हुन् ।

राज्यले युवा पुस्तालाई स्वदेशमै रोजगारी दिन नसकेका कारण लाहुरे भर्तिमा चासो देखाउने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved