विराटनगर महानगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक

  • असार १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सोमबार सम्पन्न १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट अनुसार प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु वर्षका बाँकी भुक्तानीमा ८ करोड र बहुवर्षीय आयोजनाको भुक्तानीका लागि ७० करोड छुट्याइएको छ ।

सडक पूर्वाधार र बस्ती विकास तथा नगरस्तरीय योजना लगायत पूर्वाधार विकासतर्फ मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख, शैक्षिक विकासमा ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासतर्फ कूल १ अर्ब ८९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ । कृषि, पशुपालन, सहकारी, उद्यमशीलता, उपभोक्ता संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमका लागि २ करोड ९६ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

वन, वातावरण र विपद् व्यवस्थापनतर्फ ३ करोड १० लाख तथा सुशासन र संस्थागत विकासका लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ ।

बजेटका स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ३४ करोड ३४ लाख, प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार र घरजग्गा रजिष्ट्रेसनबाट ९४ करोड ६० लाख ३ हजारसहित आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सशर्त अनुदान ८३ करोड ३४ लाख र प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार रुपैयाँ रहने अनुमान छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा महानगरले ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकोमा २ अर्ब २६ करोड ३५ लाख रुपैयाँ अर्थात् ६५ प्रतिशत आम्दानी भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ ।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved