धरान/ महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो ।
वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् ।
तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ ।
दलित महिला प्रविना धौलाकोटीले सिकेको सीपलाई व्यवहारमा उतारी सुरुमा अन्य व्युटीपार्लरमा कर्मचारीको रूपमा काम गर्ने र पछि आफैँ व्यावसायिक पार्लर खोल्ने योजना बनाएकी छन् । अरुणा राई र सुनिता शंकर लगायतका सहभागी महिलाहरुको पनि प्रविनासँग मिल्दोजुल्दो सोच रहेको छ ।
वडाको महिला लक्षित कार्यक्रममा पिछडिएको समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको छ । अन्य समुदायका महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको वडा सदस्य मीरा विश्वकर्माले जानकारी दिइन् ।
उनका अनुसार वडा कार्यालयले महिला, दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायका सदस्यहरुलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले यस्ता तालिमहरु सञ्चालन गर्दै आएको छ ।
वडाध्यक्ष भट्टराईका अनुसार आगामी दिनमा १० जना पुरुषलाई समेत ‘हेयर कटिङ’ तालिम दिने योजना रहेको छ ।
संघीयता कार्यान्वयनसँगै वडा–वडामा सेवा र अवसरको अनुभूति गराउने उद्देश्यले महिला स्वास्थ्य, शिक्षा तथा स्वरोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको