सिदिङ्वा धामको प्रवर्द्धनका लागि ताप्लेजुङमा तीनदिने पर्यटन महोत्सव

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ १५ देखि १७ गतेसम्म तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

समुद्री सतहबाट ३,५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको धार्मिक स्थल हो। महोत्सव सिदिङ्वा धामसँगै ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत गाउँपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा केन्द्रित हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार सिदिङ्वा धाम अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा चिनिएको क्षेत्र हो। उनले महोत्सवले पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि प्रचारप्रसारको कमीले अपेक्षित सफलता नपाएको बताइन्। उनले सामाजिक सञ्जालमार्फत पर्यटकको चाप भने पछिल्लो समय बढ्दै गएको जानकारी दिइन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, हाफ म्याराथन, भलिबल प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक कार्यक्रमलगायत विविध गतिविधि समावेश गरिनेछ।

प्रतियोगितामा भलिबल विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। हाफ म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ पुरस्कार जित्ने छन्।

महोत्सवमा नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ), तथा स्थानीय संस्कार–संस्कृतिको विविध प्रस्तुति पनि हुने छ। धार्मिक दृष्टिले सिदिङ्वा धाम पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

स्थानीय कैलाश राईका अनुसार पहिले सीमित संख्यामा पर्यटक पुग्ने सिदिङ्वा धाममा अहिले उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउन थालेका छन्।

सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित सिदिङ्वा धामसम्म सिक्रेडाँडासम्म सडक पुगेपछि त्यहाँ पुग्न झनै सहज भएको छ।

सिदिङ्वाबाट कञ्चनजङ्गा, (मुक्कुमलुङ)पाथीभरा , तिम्बुङ पोखरी, सिक्किम र दार्जिलिङका दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक मान्यताअनुसार सिद्ध ऋषिले तपस्या गरी मनोकामना पूरा गरेको स्थलका रूपमा सिदिङ्वालाई मानिन्छ।

विशेषगरी वैशाख, असोज र ऋषि तर्पणीका अवसरमा यहाँ ठूलो संख्यामा धार्मिक पर्यटकको भीड लाग्ने गर्छ।

गाउँपालिकाले दीर्घकालीन योजना बनाई सिदिङ्वा धामको संरचना निर्माण र प्रचारप्रसारमार्फत धार्मिक पर्यटनलाई सशक्त बनाउने लक्ष्य लिएको छ

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved