भोजपुरको चुलाचुली गुफा प्रचारको पर्खाइमा

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–४, दलगाउँस्थित दिपेनीमा रहेको ऐतिहासिक चुलाचुली गुफा प्रचारको अभावमा ओझेलमा परेको छ।

हेर्दा नै अनौठो लाग्ने, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो स्थल संरक्षणको काम भइरहे पनि पर्यटकीय रुपमा चिनिन सकेको छैन।

गुफा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। यस कारण पनि यो स्थान देश–विदेशमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीय अनिल राई बताउँछन्।

उनका अनुसार गुफामा प्रवेश गर्दा विभिन्न देवीदेवताका आकृतिहरू, हात्तीको सुड, गाईको थुन, नागका चित्र जस्ता आकृतिहरू देख्न सकिन्छ। साथै, वरपरका ढुङ्गा खोलाका बगर झैँ कुदिएका छन्, जुन प्राकृतिक रूपमा निकै आकर्षक देखिन्छन्।

करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको गुफा क्षेत्रमा राम नवमी, नयाँ वर्ष लगायतका अवसरमा मेला लाग्ने गरेको स्थानीय विनोद राई बताउँछन्। “गुफा हेर्दा नै अनौठो लाग्छ, भित्र शिवको मूर्ति, अन्य देवीदेवताका आकृति छन्,” राईले भने, “२०७२ सालको भूकम्पले केही भाग क्षति पुर्याए पनि अहिले संरक्षण भइरहेको छ। भित्र अँध्यारो भएकाले बत्तीको आवश्यक छ।”

यस स्थानलाई ‘सानो हलेसी’ भनेर पनि चिन्ने गरिएको छ। वडाध्यक्ष बाबुकुमार राईका अनुसार गुफा वडा नम्बर ४ को महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। “यहाँ मन्दिर, घेराबारा, शौचालय र विश्रामस्थलको निर्माण गरिएको छ,” उनले भने, “तर प्रचारको अभावमा यो स्थान अझै पनि ओझेलमा परेको छ।”

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार नेपाल जलबायु अनुकुलन नमूना कार्यक्रमअन्तर्गत गुफा संरक्षण तथा संरचना निर्माणमा यस वर्ष मात्र रु १० लाख बराबरको लगानी गरिएको छ।

“हामीले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेर योजनाबद्ध विकास गरिरहेका छौँ,” उनले भने, “गाउँपालिकाको आर्थिक स्रोतको रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षणमा जुटेका छौँ।”

उनका अनुसार गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि गुरु योजना तयार गरिएको छ र त्यो अनुसार काम भइरहेको छ।

चुलाचुली गुफा धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक र सांस्कृतिक सम्पदाको रूपमा पनि भोजपुरको गौरव हो। यसको संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सकेमा यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्नेमा स्थानीय विश्वस्त छन्।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved