मादक पदार्थ सेवनपछि खुकुरी प्रहार, एक जना घाइते

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार राति मादक पदार्थ सेवनपछि सामान्य विवादले उग्र रूप लिएपछि खुकुरी प्रहार भएको छ। घटनामा परेर एक जना घाइते भएका छन्।

रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच मादक पदार्थ सेवनकै क्रममा सामान्य भनाभन भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किएपछि तामाङले खुकुरी प्रहार गरेका थिए।

प्रहारबाट अधिकारीको बायाँ हातका दुई औंला र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ।

उनलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्‍याइएपछि सामान्य उपचार गरी डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ। अधिकारीको अवस्था सामान्य रहेको बताइएको छ।

घटनापछि खुकुरी प्रहार गर्ने तामाङ फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

झापाको मेचीनगरमा चिय ...

झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसह ...

४ जीपीए ल्याएकी मिसु ...

धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved