धरान/ धरानमा लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो करिब १ः५० बजे धरान उपमहानगरपालिका–४ स्थित लामाचौरमा चेकजाँचको क्रममा प्रहरीले १५ किलो गाँजा बरामद गरेको हो।
धनकुटाबाट धरानतर्फ आइरहेको बा. ४२ प. ९८३६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले शंका लागेर रोकेर जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको रातो जेब्रा झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक धनकुटा चौबिसे गाउँपालिका–३ का १९ वर्षीय सुजन राईलाई पक्राउ गरिएको छ।
उनीमाथि लागू औषध (गाँजा) ओसारपसारको आशंकामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।