कनकाईमा २०० ग्राम ब्राउनसुगर बरामद, चालक फरार

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले करिब २०० ग्राम प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शरणामतीबाट सुरुङ्गातर्फ आइरहेको भारतीय नम्बर प्लेट (BR 37 T 9198) को मोटरसाइकलमा रहेको झोलाबाट उक्त परिमाणको ब्राउनसुगर फेला परेको हो।

आज बिहान करिब ८ः४० बजे प्रहरी टोलीले शङ्कास्पद मोटरसाइकललाई रोकेर जाँच गर्ने प्रयास गर्दा चालक मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। प्रहरीलाई देख्नेबित्तिकै उनी फरार भएपछि रोक्न दुई राउन्ड हवाई फायरसमेत गरिएको डीएसपी खड्काले जानकारी दिए।

फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved