मञ्च कि मैदान कमरेड ? भाषण कि काम कमरेड ?

  • चैत २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt -युगध्वनी

यतिबेला नेकपा (एमाले) का नेता कार्यकर्ताहरु दुइ अभिभारा सहित मैदानमा छन् ।

एउटा वडा केन्द्रित जरा अभियान । अर्को राजावादीहरुको प्रतिगामी चलखेल विरुद्ध जनसचेतनाका लागि जागरण अभियान । भूइमान्छेहरुको प्रश्न छ, जरा ठिक छ टुप्पो अभियान चलाउनु पर्छ । जनताको विश्लेषण छ नेता नसुध्रिएकाले राजाले चान्समार्न खोजेका हुन् ।

तर्क त सबैले गर्न पाउछ । तपाईँलाई के लाग्छ ? ।

मञ्चमोह

बुधबार इटहरीमा एमालेले जनसचेतना जागरण सभा आयोजना गरेको थियो । मध्यान्ह सवा १ बजे सभा सुरु हुनु अघिनै मञ्च नेताहरुले भरिभराउ भैसकेको थियो । इटहरी पश्चिमलाइनको म्याजिक स्टेण्डको सार्वजनिक स्थलमा बनाइएको मञ्चको आकार पर्याप्त थिएन ।

प्रमुख अतिथि हुनुहुन्थ्यो एमाले महासचिव शंकर पोखरेल ।
कुनै पनि कार्यक्रममा सञ्चालकले अतिथिहरुको पदिय हैसियत अनुसार आवश्यक्ताका आधारमा मञ्चमा बोलाउने चलन छ ।

नाम नै नबोलाएका नेताले मञ्चमा कुर्सि अठ्याइहाल्नु राम्रो मानिदैन । मञ्चको तलबाट हेर्दा त्यो दृश्य अशोभनिय लाग्छन् । तर, कार्यक्रममा अतिथिहरुलाई सञ्चालकले बोलाउनु परेन । नेताहरु पालैपालो आफै मञ्च उक्ले आशनग्रहण गरे ।

मञ्च यतिसारो भिड भयो कि सञ्चालकले कमरेडहरु कृपया तल झरीदिनुस्, मञ्च सानो छ, गर्मी छ, अलिक असहज भयो भन्नु पर्ने अवस्था आयो ।
कमरेडहरु हाम्रो व्यवहारले कुरीकुरी भयो मञ्चमोह छाडौँ ।

मैदानको कामले नेतृत्वलाई श्रेष्ठ बनाउँछ, लोकप्रिय बनाउँछ, परिचित बनाउछ । मैदानमा खटौँ । मञ्च उक्लेर मात्रै ठुलो भइदैन क्यारे । कुर्सिमा गजक्क बस्दैमा महान भइदैन क्यारे ।

बोल्नुपर्छ, बोल्न पाउनुपर्छ:

घाम, पानी, असहज मौसममा हुने सभाहरुका सहभागी अक्सर निम्न र मध्यम वर्गका जनताहरु हुन् । मध्यम वर्गियहरु पुगेपनि बाहाना बनाउने र नेताको अघि देखिएर नमस्कार (प्रमाण पेश गरेर) ठोकेर हिड्ने हुन् ।

हुनेखानेहरु त व्यापार, व्यवसायबाट फुर्सद हुनेकुरै भएन । (तर, अबसर पाउने बेलामा कस्ले पाउँछ ? ।।।।।)
यस्ता अवस्थामा जनतालाई धेरै सास्ती नदिने उपाय लगाउनु पर्छ ।

वक्ता थोरै र सन्देश प्रवाह धेरै दिनेगरि कार्यक्रम तयार गर्नु पर्छ । तर, भाषणमा पनि समावेशीताको कुरा, लिङ्गिय सहभागीताको कुरा, क्षेत्रको कुरा, मर्यादाको कुरा, बोल्नै पर्ने नबोली नहुने ।

वक्तैवक्ता ओहो कति हो कति रु सबैले बोल्ने हो भने प्रमुख वक्ता किन ल्याउनु रु । मुख्य वक्ता बोल्ने समय कर्सि खाली । न जागरण न समयको ख्याल । यता जनता तातोले हैरान, घर फर्किनु हतार भाषण सकिएपो ।

अनि फेरी त्यो जनता सभामा आउलान् रु तपाईँहरु के गर्नु हुन्थ्यो कमरेड ?

हल खाली मञ्च भरी ?

कार्यक्रममा नाम बोलाएन आसनग्रहण गराएन भनेर हल छाडेर हिँडेको पनि धेरै देखिएको छ । नाममा के हुन्छ कमरेड रु रिसाउनुपर्ने किन रु नबोलाउँदा पहाडै खस्छ र । नाम लिस्ट लामै हुन्छ बोलाउँदा बोलाउँदा हलमा खाली मञ्च टन्नै भइसक्छ ।

तर, नाम टिप्ने टिपाउने क्रम रोकिदैन । कार्यक्रम समापन हुनै लाग्दासम्म नाम बोलाइरहने । जुरुक्क उठ्ने मुठ्ठी कस्ने, थुचुक्क बस्ने । माला खादा र व्याच लगाइरहने । असजिलो पनि नहुने, लाज पनि नलाग्ने । यो प्रहसन फेर्नुपर्छ जस्तो लाग्दैन कमरेड ? ।

नामका लागि त अमर काम गर्नु पर्छ नि । मजदुर, किसान, सुकुम्बासी र श्रमजीवी जनताको सेवामा निरन्तर काम गरौँ हाम्रो नाम अमर हुनेछ । नाम, आसन ग्रहण, माला, खादा, व्याचको झन्झट छाडौँ अब ।

आसनग्रहण र माला, खादा बारे एमालेको नीति

नेकपा (एमाले)को मिति २०८० साल साउन २९ गते सम्पन्न सचिवालय बैठकले एमालेले आयोजना गर्ने औपचारिक कार्यक्रममा धेरैलाई आसनग्रहण नगराउने निर्णय गरेको थियो ।

उक्त निर्णय बारे एमाले अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अब हाम्रो कार्यक्रममा अनावश्यक आसनग्रहण, माला, खादाको हैरानी गरेर समयको बर्वादी नगर्ने बताउनुभएको थियो ।

हामी किन नसुध्रिएको ?

एउटा नेपाली उखान प्रचलनमा छ ।।।हग्नेलाई भन्दा देख्नेलाई लाज । सप्तरीदेखि धनुषाबीचको पूर्वपश्चिम सडक भएर बिहानको समय यात्रा गर्दा सडक छेउमा शौच गरिरहेको दृश्य कुनै नौलो विषय थिएन ।

त्यो दृश्यहरु देख्दा लाग्थ्यो माथि उल्लेखित उखान मधेश लक्षित थियो । आफन्तसंग यात्रा गर्दा आफैले मुख छोपेर शर्माउनु पथ्र्यो । महिलाहरु त लजाएर भूइतिर हेरेर बस्थे ।

तर, अहिले मधेश सुध्रियो सडक छेउमा शौच गर्नेहरु सुधारिए उनिहरु शौचालय जान थालिसके । त्यस्ता लजाउने दृश्य अपवाद बाहेक हेर्ने अवसर मिल्दैन ।

नसुधारिएको त हामी हौ । परम्परावादी शैली, तौरतरिका फर्ने साहस हामीमा छैन ।

विदेश घुम्छौँ, विदेशी सेमिनारहरुमा सहभागी हुन्छौँ उनिहरुको कार्यक्रम सञ्चालन शैली, प्रविधिमैत्री कार्यक्रम, समयको महत्व, सहभागीहरुको स्तरको ख्याल, प्रस्तुति कला र विषयको ज्ञान बारे हामीले किन अनुसरण नगरेका हौँला ।

खोइ त अनुशासन ?

सबैले मानेको छ नेकपा (एमाले) व्यवस्थित संगठन सञ्जाल र अनुशासित नेता कार्यकर्ताहरुको बलियो जग भएको पार्टी हो ।

साच्चै जनतामा बलियो जरा गाडिएको पार्टी पनि हो ।

यदी त्यसो हो भने २०८० साल साउन २९ गते भएको सचिवालयको बैठकका निर्णयहरु अन्तर पार्टी निर्देशनका रुपमा मातहत सबै कमिटी तथा नेताहरुमा सर्कुलर भएको छ ।

अनुशासित छबि बनाएको नेता कार्यकर्ता पंङ्तीले यो निर्णय किन कार्यान्वयन गराएनन् रु जिम्मेवार हामी नेता कार्यकर्ता सबै हुनु पर्ने होइन र? । जरा अभियान जारी छ, जागरण अभियान चलिरहेकै छ के अब हामी सुध्रिन्छौ ?

सामुदायिक विद्यालय स ...

पृष्ठभूमि-विद्यालयमा समुदायको प्रतिनिधिहरुले अभिभावकको ...

सुनसरीमा सात वर्षीया ...

सुनसरी/ कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर् ...

आन्दोलनरत शिक्षक र स ...

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेय ...

आर्थिक समृद्धिमा ध्य ...

देश होस् वा परिवार, समृद्धिका लागि आवश्यक प्रमुख विषय आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved