गोलियाबाट २२ करोड,किसानले पाउँदैनन् उचित मूल्य भगीरथ भण्डारी

  • फागुन १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलामबाट वार्षिक रूपमा गोलिया काठ निकासीबाट २२ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ।

डिभिजन वन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ करोड २१ लाख रुपैयाँ संकलन भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षमा ६० लाख दुई हजार पाँच सय ६९ क्युबिक फिट काठ निकासी भएको थियो। जिल्लाबाट साल, उत्तिस, मलातो, चिलाउने, मौवालगायतका काठ गोलियाको रूपमा बिक्री हुने गर्दछ।

वन पैदावार आपूर्ति समिति, सामुदायिक वन विकास, बेवारिसे मुद्दामा बरामद काठ बिक्री, निजी वन र राष्ट्रिय वनबाट राजस्व संकलन गरिएको हो।

इलाममा गोलिया कटान तथा निकासी गर्ने व्यवसायीहरूको संस्था वन पैदावार व्यवसायी संघले बर्खाको समयमा किसानलाई विभिन्न जातका बिरुवा वितरण गर्दै आएको छ।

संघको केन्द्रीय कार्यालय इलाममै रहेकाले यहाँका ३५० व्यवसायी आबद्ध छन् तर हाल ६०-७० जनाले मात्र निरन्तर व्यवसाय गरिरहेका छन्।

पहाडी भेगमा भयेनिर उद्योग सञ्चालनका लागि वातावरण अनुकूल नहुँदा यहाँ उत्पादन भएका काठ तराईका उद्योगहरूमा पठाइने गरिएको छ। किसानले निजी जग्गामा हुर्काएका रुखको उचित मूल्य नपाएको गुनासो रहेको छ।

ढुवानी खर्च महँगो हुँदा किसानको हातमा कम रकम मात्र पुग्ने व्यवसायीहरू बताउँछन्।

गोलिया ठेकेदारहरूले मूल्य अभिवृद्धि कर बुझाएर छोड पुर्जी लिई तराईका जिल्लामा काठ निकासी गर्ने गरेका छन्।

काठको उचित प्रशोधनका लागि आवश्यक पूर्वाधार नहुँदा पूर्वी पहाडी जिल्लाबाट बर्सेनि गोलिया निकासीमा वृद्धि भए पनि किसानलाई प्रत्यक्ष लाभ पुग्न सकेको छैन।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved