स्तन क्यान्सरमा चेकजाँच गर्न लजाउँछन

  • पुस २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुपर्ने स्तनसम्बन्धी चेकजाँच महिलाहरुले नगर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

उनीहरुले कतिपय महिलाहरु लाज र अज्ञानताकै कारण चेकजाँच गर्न पनि हिच्किचाउने गरेका कारण समयमै चेकजाँच नगराउँदा यो रोगका महिलाहरु बढी प्रभावित बन्दै गएको बताएका हुन् ।

धरान १६ स्कोन मन्दिरको प्रांगरणमा महिलालाई लक्षित गरी स्तनसम्बन्धी विज्ञ चिकित्सकद्वारा एक दिने स्वास्थ्य शिविर राखिएको थियो । स्कोन मन्दिरको प्रांगणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वेष्ट क्यान्सर विशेषज्ञ डा. शारदा खड्काले शिविरमा आएका महिलाहरुलाई स्तनसम्बन्धी चेकजाच गरेका थिए ।

महिलालाई लक्षित गरी आयोजना गरिएको सो शिविरमा महिला र पुरुष दुवैलाई लक्षित गरी पेट सम्बन्धी समस्यामा केन्द्रित रहेर पेट सर्जरी विज्ञेषज्ञ डा. कुणाल विक्रम देवले शिविरमा आएका महिला तथा पुरुष दुवैलाई चेकजाँच गरे  ।

स्कोन मन्दिरले माघ १ गते अर्थात माघे संक्रान्तिका दिन आयोजना गर्ने रथ यात्राको प्रचारका साथै महिलामा भएको विकराल समस्या स्तन क्यान्सर हुनबाट जोगाउन शुरुवातै चरणमा चेकजाच गर्ने र यो रोगबाट बच्ने उपायका बारेमा जानकारी दिन समेत यो कार्यक्रम आयोजना गरिएको थियो ।

सामुदायिक रमणीय वातावरण समूह धरानको आयोजनामा भएको सो शिविरमा आएका महिलाहरुले घर आगनमै सेवा लिन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

महिलाहरुमा हुने वेष्ट क्यान्सरको अवस्था दिनप्रतिदिन भयावाह बन्दै गएकोले यसलाई मध्यनजर गरी वेष्ट क्यान्सर विशेषज्ञ डा. खड्का र पुरुष महिला दुवैलाई लक्षित गरी पेट सम्बन्धी समस्या भएकाहरुलाई डा.देवद्वारा चेकजाँच गर्ने वातावरण मिलाइएको सामुदायिक रमणीय वातावरण समूह धरानकी अध्यक्ष सीता राईले जानकारी दिए ।

शिविरमा चेकजाँच गारउन धरान १६ तथा आसपासका महिला तथा पुरुषहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

चेकजाँचमा खटिनु भएकी डा. खड्काले धेरै महिलाहरुले स्तन क्यान्सरका विषयमा जानकारी नभएको बताए । लाज र अज्ञानताकै कारण शिविरमा आउने कतिपय महिलाहरुले चेकजाँच नै नगराई फर्किएको जानकारी दिँदै स्वास्थ्य सम्बन्धी सचेतना नभएकै कारण यस्तो अवस्था आएको उनको भनाई छ ।

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved