बिद्युत शुल्क नबुझाउनेलाई कुलमानको अर्को कदम बैंक खाता र शेयर कारोबार रोक्न पत्राचार

  • मंसिर १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ ।

प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो ।

प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ। यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद–बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ ।

साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न आग्रह गरेको छ ।

बक्यौता तिर्न बाँकी ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जसरी पनि उद्योगको बक्यौता उठाउने योजनामा छन् ।

तर बिजुली नकाट्न सरकार र विद्युत् नियमन आयोगले पत्र नै लेखेपछि घिसिङले अर्को वैकल्पिक कदम चालेका हुन् ।

यसअघि गएको कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूसँग १५ दिनभित्र बक्यौता उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो ।

१५ दिन आज पुगेको छ । प्राधिकरणले आज लाइन काट्ने तयारी गरेकोमा सरकार र आयोगले पत्र पठाएर लाइन काट्न रोकेका छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved