एक दशकमा पनि संघले अधिकार दिएन: मुख्यमन्त्री कार्की

  • कार्तिक ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेका छन् ।

अधिकार प्रत्यायोजन नहुँदा प्रदेश संरचनाले काम गर्न नसकेको उनको गुनासो छ । ‘संविधान निर्माण भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार दिएन,’ उनले भने, ‘पटक–पटक कुरा उठाए पनि संघले सुन्दैन ।’ संघले अधिकार नदिएकैले प्रदेश संरचनाले पूर्णरूपमा काम गर्न नसकेको कार्कीको भनाइ छ ।

विराटनगरमा बिहीबार भएको मुख्य न्यायाधिवक्ताहरुको छैटौं राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पूर्णरुपमा संघले अधिकार प्रत्यायोजन नगर्दासम्म समस्या रहिरहने बताए ।

संघीयता टिकाइराख्न प्रदेशलाई पूर्णरुपमा अधिकार दिएर काम गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।

मुख्यमन्त्री कार्कीले कानुनी सेवा गठन गर्ने अधिकार पनि प्रदेशलाई नभएको बताए ।‘विगत एक वर्षदेखि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयको कानुनको सहसचिव पद खाली छ ।

सम्बन्धीत ठाउँमा कुरा उठाए पनि सुनुवाइ भएन,’ उनले भने ।उनले संविधान संशोधन आवश्यक रहेको भन्दै प्रदेश संरचनाको कानुन निर्माण गर्दा हतारमा गरिएकाले समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेकोमा जोड दिए । कतिपय अवस्थामा होडबाजीका आधारमा कानुन बनाइएकाले त्यसलाई संशोधन गरेर प्रभावकारी कानुन बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ।

संघीय कानुन र संरचनाले प्रदेश कानुनलाई नचिन्ने भन्दै प्रदेशलाई चिन्ने कानुन बनाउनुपर्ने उनले बताए । जनशक्तिको अभावले कानुन निर्माण र कार्यान्वयनमा समस्या भइरहेको पनि कार्कीको भनाइ छ । कार्यक्रममा प्रदेश कानुन निर्माणमा देखिएका समस्यालाई एकरुपता कायम गर्ने, कार्यक्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।

वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले यो देशको मानव अधिकार हुनेखाने वर्गका लागि मात्रै भएको बताए ।

मानव अधिकार हुँदा खाने वर्गको लागि हुनेगरी संविधान संशोधन हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पूर्वमुख्यन्यायाधिवक्ता बुद्धिकुमार कटुवाल र चूडामणि आचार्यले प्रदेशले निर्माण गरेका कानुनलाई समयसापेक्ष सुधार गर्न आवश्यक रहेको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved