१० महिनामा १० लाख पर्यटक नेपाल भित्रिए "भारतीय र चिनियाँ घटे, अमेरिकी पर्यटक बढे"

  • कार्तिक २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ । सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३९३ विदेशी पर्यटक नेपाल आएका हुन् ।
यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए ।

कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ ।सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । “समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ ।

अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।”बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला २ महिनामा चीनबाट आउने पर्यटक पनि घटे ।

अक्टोबरमा भारतबाट १६ हजार ३१३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार ८३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका ७ हजार ७५० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सेप्टेम्बरमा ८ हजार ४२ र अगस्टमा चीनबाट ६ हजार ६१४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२.८८ प्रतिशतले बढेर कूल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट ८ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट ५ हजार ४८५ पर्यटक आएका छन ।

बङ्गलादेशबाट ४ हजार ४७६, श्रीलङ्काबाट ३ हजार ११२ र इटालीबाट २ हजार ६३५ पर्यटक आएका छन् ।मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अक्टोबरमा १ लाख २४ हजार ३९३ अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय , फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved