विराटनगर/ झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक ८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका(२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका-५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर-८ का २२ बर्षीय सुमित रोय र भद्रपुर-६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर सहित र मोरङ कटहरी गाउँपालिका-४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
यसैगरि मोरङ, सुनसरी र पाँचथरबाट नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते सुनसरीको धरान उप-महानगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३० बर्षीय सुबास राई र १८ बर्षीय सुदिप कार्कीलाई ट्रामानिल १ हजार ८ सय ८० क्याप्सुल र स्पारेस्ट १ हजार ७ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१३ का ३६ बर्षीय अर्जुन कुमार बर्देवालाई ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय रानीले नाईट्राभेट ३६ चक्की सहित बिराटनगर-५ का २२ बर्षीय दिपेश शर्मालाई पक्राउ गरेको छ ।
नियन्त्रित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरि उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदी किनारबाट ५५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । कार्तिक ८ गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय धुलाबारी झापाको प्रहरी टोलीले मेचिनगर नगरपालिका-१० की नाजेरा खातुनलाई २ सय २० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।
यसैवीच सुनसरीको धरान उप-महानगरपालिका(२० चिण्डेडाँडा जंगल स्थित बाटो छेउबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।
मोरङ र ईलामबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ९ गते मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर त्रियुगा नगरपालिका-४ प्रगति टोलका १९ बर्षीय खगेन मगरलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धीत औषधी -३० चक्की सहित पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी दानाबारी ईलामको प्रहरी टोलीले ईलाम माई नगरपालिका-४ सुखानीका २९ बर्षीय मनोज तामाङ र २४ बर्षीय सुमन तामाङलाई ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।