इटहरीमा उपभोक्ताको विरोध प्रदर्शन,१९ करोड ५० लाख भुक्तानी गर्न बाँकी

  • भदौ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि सर्वसाधारणहरू आन्दोलित बनेका छन् ।
शनिबार यहाँस्थित भुक्तानी नपाएका उपभोक्ताहरूको संघर्ष समितिले उपमहानगरअगाडि विरोध प्रदर्शन गरेका हुन् ।आर्थिक वर्ष २०८१÷८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।

संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले इटहरीको विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण भएपनि उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।‘उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्ण पौडेलसँग जिज्ञासा राख्दा उपमहानगरसँग बजेट नभएको जानकारी आएको छ,’ श्रेष्ठले भने, ‘उपभोक्ताहरूले पाउनुपर्ने करिब १९ करोड ५० लाख बराबरको रकम ७२ घण्टाभित्र भुक्तानी प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौँ ।’
७२ घण्टाभित्र रकम भुक्तानीको प्रक्रिया नगरे चरणबद्ध आन्दोलन गरिने विरोध प्रदर्शनमा जानकारी दिइयो । खासगरी इटहरी उपमहानगरमा आन्तरिक विवादका कारण लामो समयदेखि उपभोक्ताको बजेट भुक्तानी नहुनु र अरू विभिन्न शीर्षकमा छुट्याइएको बजेटको समेत भुक्तानी नदिँदा सर्वसाधारणहरू आन्दोलित बन्न बाध्य भएको विरोधसभामा जानकारी दिइयो ।
तस्वीर प्रदेश खबरबाट 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved